ATM मेसिन फोड्न खोज्ने पक्राउ

१५ माघ, पोखरा ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका वडा नं ५ जिरो किलोमिटरमा रहेको NMB बैकको ATM मेशिनमा पैसा चोरी गर्ने उदेश्यले ATM मेशिनको तोडफोड गर्दै गरेको अस्थामा एकजना लाई पक्राउ गरेको जानकारी दिएको छ ।

वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरी टोलीले  कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं ९ स्थायी ठेगाना भई हाल पोखरा म.न.पा. वडा नं. १७ बिरौटा बस्ने २ बर्षिया राजकुमार भन्ने टिकाराम पौडेललाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा सात (७) दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईरहेको कास्की प्रहरीले जानकारी दिएको छ । 

Advertisment