तमु एकता गर्न तमु धिंको पत्र तमु ह्युल छोंज धिंलाई

१८ माघ, पोखरा
तमु समुदाय सामाजिक दुइ संस्था बिच एकताका लागि तमु धिं नेपालले तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदलाई पत्र बुझाएको छ।
तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिको माघ १६ गते सप्पन्न बैठकले महासचिव अधिवक्ता जुनाकुमारी गुरुङको संजकत्वमा गठित ७ सदस्यीय वार्ता समिती गठनको जानाकारीसहित तमु धिंका अध्यक्ष हुमबहदुर तमुले तमु ह्युल छोंज धिंका अध्यक्ष कर्णबहादुर गुरुङलाई एकताका लागि पत्र हस्तान्तरण गरेको हो।
तमु धिंको तर्फबाट वार्ताको संयोजक महासचिव जुना तमु, सचिव जुमकाजी तमु, सहसचिव गोपाल तम, कोषाध्यक्ष गमबहादुर तमु, सदस्यहरु कृष्णकुमार तमु, सुरेन्द्र तमु र बिना तमु रहनु भएको छ।
बिगतका विभिन्न चरणमा सम्पन्न वार्तामा भएका सहमतिलाई पुजिकृत गर्दै एकताका लागि बाँकी रहेको बुदाँमा सहमती गर्दै एकता प्रकृया निष्कर्षमा पुर्याउन तमु धिंले पत्र मार्फत आग्रह गरेकोछ।
तमु समुदायको दुई मुख्य संस्थाहरु बिचको एकता आवाश्यकता मात्रै नभई अनिवार्य हो भन्नुहुन्छ तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु। दुई संस्था बिचको एकताले बृहत्तर तमु एकताको प्रारम्भ हुने उहाँको भनाई छ।
यस अधि तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको महाधिवेशन पश्चात् निर्वाचित कार्यसमितिले महासचिव डम्बर तमुको संयोजकत्वमा ७ सदस्यीय एकता वार्ता समिती गठन गरि तमु धिंलाई एकताको लागि पत्रचार गरेको थियो।

Advertisment