चापाकोट क्षेत्र पर्यटकीय, धार्मिक अनि जैविक बिबिधताको दृष्टिकोणले पनि महत्वपूर्ण -मन्त्री थापा: चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सब शुरु

चापाकोट क्षेत्र पर्यटकीय, धार्मिक अनि जैविक बिबिधताको दृष्टिकोणले पनि महत्वपूर्ण -मन्त्री थापा

२४ माघ

पोखरा । कास्कीको पोखरा महानगरपालिका -२३ चापकोटमा चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सब शुरु भएको छ । गण्डकी प्रदेश सरकारका उद्बयोग,पर्यटन, बन तथा बाताबरण मन्त्री दिपेन्द्र बहादुर थापाले बुधबार आयोजित एक समारोहबीच महोत्सबको उद्घाटन गरेका हुन् ।

बिगतमा चापाकोटको घडेरी क्षेत्रमा हुने गरेको महोत्सब यस पटक चापाकोटको बाम्दी क्षेत्रमा संचालन गरिएको छ महोत्सबमा आउने दर्शकहरुको सुविधालाई ध्यानमा राखेर महोत्सब बाम्दी क्षेत्रमा संचालन गरिएको बताइएको छ । महोत्सबका क्रममा महिला एबम सर्बसाधारणहरु बीच समुहगत रुपमा समेत विभिन्न प्रतियोगिता आयोजना गरिने छ । जस अनुसार बाल नाच प्रतियोगिता,भजन प्रतियोगिता, रतेउली प्रतियोगिता, कौरानाच प्रतियोगिता, पन्चेबाजा प्रतियोगिता लगायतका प्रतियोगिता हुनेछन् । यसका साथै भलीबल प्रतियोगिता समेत गरिने भएको छ यस्ता प्प्रतियोगिता का अलाबा विभिन्न कलाकारहरु द्वारा दोहोरि गीत तथा हास्यब्यङ्ग कार्यक्रम समेत गरिने जानकारी चापाकोट पर्यटन प्रबर्धन समितिका अध्यक्ष भिम पराजुलीले दिएका छन् ।

महोत्सबको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्बयोग, पर्यटन बन तथा बाताबरण मन्त्री दिपेन्द्र बहादुर थापाले चापाकोट क्षेत्र पर्यटकीय, धार्मिक अनि जैविक बिबिधताको दृष्टिकोणले पनि महत्वपूर्ण क्षेत्र रहेको बताए । उनले पोखराको लेकसाइड आउने पर्यटक हरुलाई चापाकोट सम्म कसरी लिएर आउन सकिन्छ भन्ने बारेमा सोच्न सबैसंग आग्रह गरे ।

मन्त्री थापाले फेवाताल र पन्चासे क्षेत्र संगै सिद्बबराह क्षेत्र अनि १ सय ८ फीट अग्लो हनुमानको मुर्ति निर्माण कार्यका कारण चापाकोट क्षेत्र पर्यटन र धार्मिक दृष्टिकोणले अझ बढी महत्वपूर्ण बन्दै गएको उल्लेख गरे ।

यसै सन्दर्भमा उनले यस क्षेत्रको खेतबारी बाँझो रहन नदिन, गाउँबाट मानिसहरु पलायन हुन नदिन, रोजगारीको लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न र पोखरा आउने पर्यटकलाइ यस क्षेत्रमा ल्याएर सबैलाई आत्मनिर्भर बनाउनेतर्फ सबैको पहल आबश्यक रहेको बताए ।

भिउ फेवा र राउण्ड फेवाको अबधारणा अनुरुप प्रदेश सरकारले काम गर्न चाहेको बताउदै मन्त्री थापाले चापाकोटका डांडाकाँडालाई पर्यटकीय गन्तब्य बनाउन सके यस क्षेत्रको आर्थिक र संमग्र बिकास हुने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष रामकाजी गुरुंगले वडाको समग्र बिकासको लागि प्रयास भैरहेको बताउदै भौतिक बिकास संगै आर्थिक, सामाजि, शैक्षिक बिकास हुन सके वडा आत्मनिर्भर बन्न सक्ने बताए गुरुंगले महोत्सवका कारण यस क्षेत्रको पर्यटन प्रबर्धनमा टेवा पुगेको समेत उल्लेख गरे ।

चापाकोट गाउँ विकास समितिका पूर्व अध्यक्ष शिबलाल पराजुलीले महोत्सबका कारण चापाकोट क्षेत्रको प्रबर्धन संगै यस क्षेत्रको कला, संस्कृतिको जगेर्नामा सहयोग पुग्ने बताए उनले आफ्नो क्षेत्रको बिकासको लागी सबैको सकारात्मक सहयोगको समेत अपेक्षा गरे महोत्सबको लागि उनको परिबारको तर्फबाट १ लाख ५० हजार सहयोग उपलब्ध गराइएको थियो ।

महोत्सबको उद्घाटन समारोहमा बोल्दै नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष् एबम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले नेपालको सबै भन्दा ठुलो पोखरा महानगरको सबै भन्दा ठुलो वडा नै वडा नम्बर २३ रहेको तर बिकासको दृष्टिकोणले भने पछाडी परेको बताउदै महानगर भएर पनि अझै बिजुली सुबिधा नपुगेको ठाउँ समेत यही वडामा रहेको बताए ।उनले फेवाताल र पन्चासेको महत्वलाई दृष्टिगत गरेर चापाकोट क्षेत्रको विकासको लागि बजेट र योजना पार्न स्थानीय, प्रदेश तथा केन्द्र सरकार संग आग्रह गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले पोखरा -२३ को समग्र बिकासको लागि महोत्सब उपयोगी हुने विश्वास ब्यक्त गर्दै शान्ति सुरक्षाको सवालमा केहि समस्या भए जानकारी दिन आग्रह गरे ।

चापाकोट पर्यटन प्रबर्धन समितिका अध्यक्ष भिम पराजुलीले बिगतका वर्षहरुको तुलनामा महोत्सब प्रति आम सर्बसाधारणको चासो बढेको, महोत्सबका कारण चापाकोट क्षेत्रको पर्यटन प्रबर्धनमा सहयोग पुगेको बताउदै पोखराको नजिक भएर पनि चापाकोट क्षेत्रको भौतिक विकासमा सरकारको ध्यान नपुग्नु दुखद र चिन्ताको बिषय भएको उल्लेख गरे ।

महोत्सब आयोजक समितिका सचिब जिबन घिमिरेले संचालन गरेको उक्त कार्यक्रममा कलाकारहरु युबराज भण्डारीले हास्यब्यङ्ग प्रस्तुति र रामजी पौडेलले गीत र भजन प्रस्तुत गरेका थिए भने हर्पनखोला तमु समाज का कलाकार हरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने महोत्सब सफल पार्न आर्थिक एबम भौतिक रुपमा सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई प्रमुख अतिथि मन्त्री थापाले मायाको चिनो हस्तातरण गरेका थिए।

Advertisment