श्रीपञ्चमीमा अर्मलाकोट पर्वतिय दौड हुने !

फागुन १, पोखरा ।
५ औं संस्करणको अर्मलाकोट पर्वतिय दौड हुने भएको छ । हरेक बर्ष झैं श्रीपन्चमीका दिन पोखरा देखि अर्मलाकोट सम्म १२ कि.मि पर्वतिय दौड हुने भएको हो ।
अर्मलाकोट युथ क्लबको आयोजनामा आगामी फागुन २ गते हुने दौड प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको संयोजक जुम गुरुङले जानकारी दिनुभएको छ ।

फागुन २ गते बिहान ७ बजे पोखराको केआईसिं पुल बाट सुरु भई बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला हुंदै डि गाऊं, टाडा बिसाउने, पात्लेहुंदै अर्मलाकोट पुगेर सम्पन्न गरिने गरि रुट तय गरिएको आयोजकले जानकारी दिएको छ ।
 दौड प्रतियोगिता सम्पन्न गर्नका लागी जुम गुरुङको संयोजकत्वमा मुल समिती समिति रहेको छ । त्यसैगरि स्वयंसेवक समिती संयोजकमा गंगा बहादुर गुरुङ, पुरस्कार ब्यवस्थापन संयोजकमा उदिम गुरुङ, भोजन ब्यवस्थापन संयोजकमा नारायण गुरुङ, रुट (बाटो) ब्यवस्थापन संयोजकमा धुब्र गुरुङ रहनुभएको छ ।
त्यसैगरि अतिथी सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिती, स्वास्थ्य संयोजकमा कर्ण बहादुर गुरुङ, सचिवालय ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङ रहनुभएको छ ।
 दौड प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्दितिय हुनेलाई १५ हजार, त्रित्तिय हुनेलाई १० हजार र सान्त्वना ५ हजार रुपैयां प्रदान गरिने भएको अर्मलाकोट युथ क्लबले जानकारी दिएको छ ।
Advertisment