नेपाली कांग्रेस र बर्तमान : शुक्रराज शर्मा

नेपाली जनताको अधिकार स्थापना गर्न संरक्षण र समृद्ध नेपाल निर्माण गर्ने महान उद्देश्य साथ २००३ सालमा नेपाली कांग्रेसको स्थापना भएको हो ।

प्रात स्मरणिय वीपी कोइराला, सूवर्ण समशेर, गणेशमान जी, किसुन जी, सूर्यप्रसाद जी लगायत बनारसमा अध्ययनरत हजारौं नेपाली विद्यार्थीहरुको साझा प्रयासबाट सुरु भएको नेपाली कांग्रेस निर्माण गर्ने प्रयास ०६ सालमा सम्पन्न भयो ।

०७ साल कार्तिक २६ गते राणा शासन विरुद्ध ससक्त आन्दोलन भयो । ०७ साल फागुन ७ गते जनताको अधिकार व्यक्ति व्यक्तिमा सार्वभौम अधिकार कायम रहने प्रजातन्त्रको स्थापना भयो । पहिलो पटक नेपाल ले राष्ट्रको हैसियत प्राप्त गरे । नेपालीहरु सबैले सार्वभौम सत्ता सम्पन्न नागरिकको हैसियत प्राप्त भयो । सबैले बराबरीको हैसियत प्राप्त गरे । नेपाली कांग्रेस र नेपाली जनता पर्यावाची बन्न पुगे । स्वतन्त्रता पछि सबै नेपालीहरुमा व्यक्ति व्यक्तिमा महत्वाकाँक्षा बढ्दै गयो । व्यक्ति व्यक्तिलाई स्वतन्त्र बनाउन नेतृत्व गरेको कांग्रेस र कांग्रेसलाई नेतृत्व प्रदान गर्ने सहमति जनाएका जनताहरुको दवाव नेताहरु माथि प्रत्यक्ष बन्यो ।

जिम्मेवारी बढ्दै गयो। सदियौं दासत्वमा रहेको शासन व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्थामा बदल्नु चुनौतीपूर्ण थियो तर खुला समाजलाई प्रजातन्त्रमा व्यक्तिको सार्वभौमसत्ताको बोध गराएर राष्ट्रप्रति, प्राप्त प्रजातान्त्रिक व्यवस्थाप्रति जिम्मेवार बनाउने प्रशिक्षित युवाहरु सामेल भएको सँगठनको आवश्यकता परी पूर्ति गर्ने काम चुनौतिपूर्ण थियो । त्यसैले स्वतन्त्रता प्राप्ती पछि बनेको राजा कांग्रेस सरकारबाट पार्टीलाई हटाएर संगठनका लागि वी.पी. देश दौडाहामा निष्कनु भयो । यस क्रममा देशको वास्तविकता बुझ्ने अवसरहरु प्राप्त भयो यो देश दौडाहामा संगठन, संगठन एक मात्र आवश्यकता परिपूर्ति गर्ने आधार खडा गर्ने वी.पी. ले निर्णय लिनुभयो । यो अत्यन्तै दुरगामी कदम हुन पुग्यो ।

९ सालमा दैनन्दिनी तयार पारेर संगठनमा जुट्नुभयो । जनतामा ठूलो भरोसा सहित परिवर्तनबाट प्राप्त अवसरहरु जनताका लागि देशका लागि उपलब्ध भए । ०७ सालको परिवर्तनले प्राप्त गरेको प्रजातन्त्रमा व्यक्ति व्यक्तिको शासन स्थापना हुन्छ त्यसका लागि नागरिक अधिकारको संवर्धन गर्नका लागि व्यक्ति व्यक्तिसँग भएको अपार क्षमतालाई सुदृढ पार्न आर्थिक उन्नतीको आधार तयार पार्नु पर्छ, संगठनलाई भन्ने दृढता साथ पार्टीलाई समाजवादी बनाउने गरी ०१२ सालको विरगन्ज महाधिवेशनले निर्णय लियो ।

अब उप्रान्त राष्ट्रियता, प्रजातन्त्र, समाजवाद धार्मिक स्वतन्त्रता र सुशासन भन्ने पार्टीका आधारभूत सिद्धान्तका माध्यमबाट पार्टी संगठन विस्तार गरिने एतिहासिक निर्णय भएको हो । यिनै सिद्धान्तहरु पार्टीका संगठनका सिद्धान्त हुन, नीति निर्णयका लागि आदर्श हुन् । व्यक्ति व्यक्तिलाई सम्पन्न बनाउने नागरिकको अधिकारलाई सम्पन्न बनाई राख्ने गरी सञ्चालन गरिने सबै कार्यक्रमहरु समाजवादी कार्यक्रम हुन भन्ने आधारमा वी.पी.को नेतृत्वमा सञ्चालित सरकारका कार्यक्रमहरु सञ्चालित भएका थिए त्यही सरकारको दैनन्दिनीहरु आज हामीले पार्टीको विरासत गौरव भन्ने गरेका छौं ।

दुर्भाग्य ०१७ साल पुष १ गते राजा महेन्द्रले सैनिक “कु”बाट प्रजातान्त्रिक हकहरु निलम्बन गरे, सार्वभौम सत्ता सम्पन्न जनता पुनः रैती बन्न पुगे। २ तिहाईको सरकार अपदस्य गरी प्रजातन्त्रको अपहरण भएको हो । नेपाली कांग्रेस निरन्तर जनताका नैसर्गिक हकहरु पुनः स्थापना गर्न संघर्ष गरी रह्यो । ०४६ सालको आन्दोलनबाट पुनः प्रजातान्त्रिक व्यवस्था स्थापना भयो । किसुन जीको नेतृत्वमा बदलिएका सारा परिस्थितिलाई सम्वोधन हुने गरी संविधान निर्माण गरी निर्वाचन सम्पन्न भयो ।

निर्वाचित सरकार कांग्रेसकै नेतृत्वमा सञ्चालन भएको थियो । प्रजातान्त्रिक व्यवस्थामा जनताको शासन जनताका लागि जनताद्वारा भन्ने प्रत्यक्ष अनुभूति भैरहेको थियो । नेपाली कांग्रेस पार्टी स्थापना कादलेखि हाम्रा नेताहरुले जुन प्रकारले प्रजातान्त्रिक आचरण गर्नुभयो सबै जनता कांग्रेसका साथ देश निर्माण गर्ने कार्यमा सँगै हिड्न तयार भए ।

प्रजातान्त्रिक पद्धति अनुसार शासन व्यवस्था सञ्चालन भयो । अधिकार सम्पन्न प्रत्येक नागरिकको हक सुरक्षा गर्ने व्यक्ति व्यक्तिलाई सम्पन्न बनाउने, आर्थिक उदारीकरणको नीति लिईयो । तल्लो वर्गलाई माथि उठाउने उपल्लो वर्ग, यथास्थितिमा राख्ने कार्ययोजनाहरु कार्यन्यवयन गरिए। विस्तारै उपलब्धी प्राप्त भैरहेको थियो । गिरीजावावुको प्रधानमन्त्रित्व काल पार्टीका विरासत राष्ट्रिय प्रजातन्त्र समाजवाद, धार्मिक स्वतन्त्रताका जगमा पार्टी संगठन विस्तार गर्ने र सरकारका तर्फबाट देश र जनताका जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरु समाजवादी कार्यक्रमहरु सचालन भइरहेका थिए ।

यसले देश, विदेशका हाम्रा मित्रहरुलाई राम्रो प्रभाव पा¥यो । तर पार्टी भित्र उत्पन्न असिमित महत्वकांक्षाको व्यवस्था हुन नसक्दा अनुशासन कायम हुन सकेनन्। ०५१ साल आयो । प्रजातन्त्रका विरोधी शक्तिहरुका संगठनहरु विस्तार हुन थाले, आखिर व्यक्ति हिंसा र हत्याका घटनाहरु थपिदै गए, नारिकका अधिकारहरु कुण्ठित हुन थाले, राजा ज्ञानेन्द्रले जनताका प्रजातान्त्तिक हकहरु पुनः कुण्ठित पारे, देशको राजापनि प्रधानमन्त्री पनि आफै बने । राष्ट्रमा पुन ः दुर्गति निम्त्याए । त्यसको विरुद्ध ०६१ साल फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्व जनतका अधिकारहरु पुनः वहाली गर्न, हिंसा, आतंक श्रृखलाबद्ध घटनाहरुबाट देशलाई बचाउन पुनः प्रजातान्त्रिक बहुदलिय व्यवस्था स्थापना गर्ने, आन्दोलन गर्ने निर्णयका साथ हामी सडकमा ओर्लियौं । ०६२ जेठमा नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले पनि आन्दोलनमा सहभागी भयो । ०६२ मार्ग ७ गते १२ बुँदे सहमतिका साथ माओवादी पनि आन्दोलनमा सहभागी भयो ।

कांग्रेसको नेतृत्वमा चलेको आन्दोलनले निर्णायक भुमिका लिन पुग्यो। संसद पुनः स्थापना भयो । पुन ः स्थापित संसदले खोसिएका नागरिक अधिकारहरु पुनः स्थापित ग¥यो । जनताका निर्वाचित प्रतिनिधिहरुद्वारा संविधान निर्माण गर्ने समेतका निर्णयहरु लियो । प्रजातान्त्रिक पद्धतिलाई बल पु¥याउने गरी नीति नियम कानुन बनाएर दैनदिन्ती शासन, प्रशासन चलाउन अन्तरिम संविधान लागु गरियो । प्रजातन्त्रमा सबैको जीत हुन्छ भन्ने मान्यता नेपालमा पनि स्थापित गरियो । राज संस्था खारेज भयो, शान्तिपूर्ण तरिकाबाट जनताको शासन जनताका प्रतिनिधि मार्फत सञ्चालन गर्ने गरी सत्ता हस्तान्तरण भयो । नेपाली कांग्रेसको नेतृत्वमा यि उपलब्धीहरुको व्यवस्थापन क्रममा माओवादीहरु नेकपा एमाले सहित राष्ट्रिय स्तरमा क्रियशिल अन्य पार्टीहरुका प्रतिनिधिहरुको परामर्शमा साशन व्यवस्था चल्ने भयो ।

प्रजातन्त्रको विकल्प भनेर लोकतन्त्र, धार्मिक स्वतन्त्रताको विकल्प भनेर निरपेक्ष, प्रजातन्त्रको जगमा व्यक्तिको सार्वभौमलाई स्वीकार गरी नागरिकहरु सुदृढ गर्ने गरी व्यक्ती सम्पन्न बनाउने कार्यक्रम समाजवादका ठाउँमा समाजवाद उन्मुख भनेर आखिर साम्यवादमा लैजाने घुमाउरो प्रावधान संविधानमा लेखिन पुग्यो । परिवर्तनले ल्याएको उत्साहप्रद वातावरणमा प्रजातान्त्रिक व्यवस्था सञ्चालनका नेपाली कांग्रेसले स्थापना कालदेखि संरक्षण संवर्धन गर्दै आएका आदर्शहरु प्रजातन्त्रमा जनता सर्वेसर्वा हुन्छन् अथवा मालिक हुन्छन्, कार्यकर्ता नेताहरु जनताका सेवक हुन्छन्, ठीक साम्यवादमा जता रैती हुन्छन् कार्यकर्ता दास हुन्छन्, नेताहरु मालिक हुन्छन् भन्ने सास्वत सत्य विपरित संविधानमा प्रावधान रहन गयो । यो एक एतिहासिक भुल हुन गयो ।

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । नेपाली कांग्रेस यही अडानमा क्रियशिल भएको हो । तर अन्य पार्टीहरु प्रजातन्त्रको विकल्प लोकतन्त्र मान्दछन् । प्रजातन्त्र मान्दैनन् । जय नेपाल सम्म पनि भन्दैनन् । यहि फरक नेपाली कांग्रेस अन्य वामपन्थी हु भन्ने पार्टी विचको अन्तर हो भन्ने कुरा गुमराहमा परेको छ, अब नेपाली कांग्रेस जनताको पार्टी बन्न सक्ने भएन, कांग्रेस, एमाले, माओवादी लगायत प्रजातन्त्रको विकल्पमा लोकतन्त्र भन्ने गर्ने भएपछि जनताको नैसर्गिक अधिकार कहाँ खोज्न जाने, स्वतन्त्र नागरिकहरुलाई सम्पन्नता दिलाउन सरकारको नीति कार्यक्रम चाहिन्छ, कम्युनिजम उन्मुख वातावरण तयार पार्न ल्याएका नीति कार्यक्रमहरुबाट जनता अलग्गिन्छन्, यो विश्वव्यापी सत्य विपरित निर्वाचनका नाउमा निर्वाचन, जनतालाई रैती बनाउने गरी आउने कार्यक्रमहरु विस्तारै झांगिदै आएका छन्। देश आजको अवस्थामा आइपुग्नु प्रमुख कारण यही हो ।

प्रजातन्त्रका लागि जातियता अर्को भयानक खतरा हो । आज जातियताको चर्चा चलिरहेको छ, धर्मका नाउँमा, जातका नाउँमा, हुने नहुनेका नाउमा समाज कमजोर बनेको छ, विकास गाउँ गाउँबाट सञ्चालित हुनुपर्दछ, भैरहेको छ, तर जनता विस्तापित भइरहेको छन्, युवा पुस्ता अवसरको खोजीमा आफ्नो व्यक्तिगत क्षमता बढाउन विदेशिएको छ, प्रजातन्त्र नमान्नेहरु संगठित हुँदै छन् । देशीविदेशी शक्तिको केन्द्रहरु हाम्रो शासन व्यवस्थामा अर्वाक्षित तवरले क्रियशिल रहने गरेका छन्, धर्मको नाउँमा संवेदनशिलता खल्वल्याइएको छ, भ्रष्ट प्रवृत्तिहरु व्यक्तिको अनिवार्य आचरणमा वदलिएको छ, आध्यात्मिक साधन सञ्चालन हुनुपर्ने मठ मन्दिर, मस्जित, गिर्जाघरहरु सम्प्रदायिक बन्दै छन्, समाजवाद उन्मुख भन्ने नीतिले गर्दा विकाशका लागि देशीविदेशी लगानीकर्ताहरु नेपालका खास खास मित्रहरु नेपालको विकाशमा लगानी गर्न ससंकित हुँदै गएका छन् । रोजगारी महंगो भएको छ, प्रजातान्त्रिक शासन व्यवस्था भएको मुलुकमा भएका सम्भावनाहरु उपयोग गरी रहेको हाम्रो अव्यस्त जनशक्ति नेपाल फर्कनमा यिनै कुराहरु तगारो बन्दै गएका छन्।

०७ सालमा हामीले जनतको बलमा स्थापना गरेको प्रजातन्त्र घेरावन्दीमा परेको छ । यसलाई बचाउन नेपाली कांग्रेसले विगतमा भएका ऐतिहासिक भुलहरु सच्चाएर व्यक्ति केन्द्रीत शासन व्यवस्था, व्यक्ति सम्पन्न भएको समाजहरुको सम्पन्न नेपाल निर्माण गर्न, प्रजातन्त्रलाई कमजोर बनाउने जातियता, धार्मिक साम्प्रादायिकता विरुद्ध प्रजातन्त्रमा सबै बराबर हुन्छन् देश समृद्ध बनाउन व्यक्ति सम्पन्न बनाउनुपर्दछ । व्यक्ति व्यक्तिको क्षमता पूरा पुर उपयोग हुनेगरी अवसर हरु प्रदान गर्नुपर्दछ । नेपालको आफ्नो महत्व बोध हन सक्ने गरी शिक्षा नीति तयार परिनुपर्छ ।

प्राकृतिक, सांस्कृतिक, आध्यात्मिक हाम्रा मठ मन्दिरहरुलाई साधना केन्द्र, दिक्षा केन्द्र बनाइनुपर्छ । नैतिक, प्राविधिक शिक्षामा आधारित पाठ्यपुस्तक तयार पारेर राम, सीता, कृष्ण राधा, शिव पावर्ती, पशुपतिनाथ, मुक्तीनाथ, लुम्बिनी, बुद्ध, अहमद अर्था स्लाम, क्राईष्ट बारे अध्ययन गरी आफूले छानेका सम्प्रदायमा सामेल हुन पाउने गरी धार्मिक स्वतन्त्रता स्थापित गरिनुपर्दछ।
अतः नेपाली कांगेसले आफ्नो विधानमा नियमावलीका कार्यक्रमहरुमा लोकतन्त्र लाई हटाई प्रजातन्त्र, निरपेक्ष हटाएर धार्मिक स्वतन्त्रता, समाजवाद उन्मुख समाज निर्माण गर्ने भनिएकोमा समाजवादी समाज जहाँ प्रजातन्त्रको जगमा आर्थिक कार्यक्रमहरु व्यक्ति सम्पन्न बनाउने नीति लिइन्छ । त्यसलाई समावेश गरिनु पर्दछ । त्यसैले संविधानवाट संविधान लागु गर्दाका सहयात्री पार्टीहरुसँग बृहत राष्ट्र हितका लागि विचार, विमर्स, गम्भीर छलफलबाट संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेस लिनुपर्छ ।

पार्टी बन्छ, जनता सार्वभौम हुन्छन्, सार्वभौम जनता मालिक बन्छन्, सासन सुशासनमा रहने सबै प्रतिनिधिहरु सेवक बनेर सेवा गर्नेछन्, भ्रष्टाचार गर्नेहरु दण्डित हुनेछन् । स्वदेशी विदेशी हस्तक्षेप समाप्त हुँदै जानेछ । सबै हाम्रा मित्र हुनेछन्, मित्रहरुसँग सँगैमिलेर समस्या समाधान गर्न सकिनेछ । सुरक्षाको अनुभुति हुँदै जानेछ । भ्रष्टचार निर्मूल हुनेछ , प्रत्येक नागरिक सम्पन्न बन्नेछन् । देश सम्पन्न बन्नेछ, अन्तराष्ट्रिय जगतमा नेपालको शान बढ्दै जानेछ, नेपाली हुँ भनेर गौरव गर्न सक्नेछौं । सबै नेपालीहरु आफूले आर्जेका क्षमता, साधन र कार्यकुशलता उपयोग गरी देश बनाउन नेपाल फर्कनेछन् ।

हाम्रा बस्तुहरुले अन्तराष्ट्रिय बजार पाउनेछन् । स्वास्थ्य विश्व मानव समुदायमा पहुँचाउन नेपाल सक्षम हुनेछ नेपाललाई प्रजातान्त्रिक समाजवादी, धार्मिक स्वतन्त्रता मुलुक भनेर गिनिज बुकमा नाम लेख्न सक्नेछौं ।
अन्त्यमा, समय धेरै छैन, सुधारिन सके यो समस्याको निकास दिन् कांग्रेसले नै सक्छ। नसुधारिएको कांग्रेस आफ्नै दलदलमा फस्ने मात्र हैन आफू सँगै ०७ सालदेखि आजैको इतिहास देश हाम्रो गौरव हाम्रो अस्तित्व माथि परि आउने संकटमा टुलु टुलु चिहाएर बस्न बाध्य हुनेछ । समय छदै सबैको ध्यान आकृष्ट गराउदछु । अस्तु । जय नेपाल ।

शुक्रराज शर्मा
सभापति, नेपाली कांग्रेस गण्डकी प्रदेश

Advertisment