पोखरा । होटल मुनलाइट पोखरा, लेकसाइडका सञ्चालक चित्रबहादुर भट्टराईको निधन भएको छ ।
ट्रेकिङ जाने क्रममा उनलाई कास्कीको सिक्लेसमा एक्कासी हृदयघात भएको थियो । तत्काल हेलीकोप्टरबाट उद्धार गरी मंगलबार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको हो । उनी ६१ वर्षका थिए ।
चित्रबहादुरका श्रीमती र २ छोराहरु कञ्चन र कल्याण छन् ।
स्व. चित्रबहादुरको बुधबार बिहान सेती नदी शान्तिघाटमा अन्त्येष्टि गरिने उनका दाजु नाताका पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए ।
चित्रबहादुर पोखराका पुराना पर्यटन व्यवसायी रुद्रबहादुरका ४ भाइ छोराहरुमा एक हुन् । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई चित्रबहादुरका सहोदर भाइ हुन् ।



