संघर्ष समितिबाट मन्त्री र संस्कृतिविदलाई बहिष्कार, सुनुवाई नभए प्रदेश ठप्प पार्ने चेतावनी

भुपाल गुरुङ,

पोखरा, २१ असार।

पहिचान सहितको प्रदेश नामाकरणको माग गर्दै आन्दोलनरत आदिवासी जनजातिहरुले प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङ र संस्कृतिविद जगमान गुरुङलाई बहिष्कार गर्ने भएको छ । तमुवान–मगरात संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रदेशका आर्थीक मामिला मन्त्री किरण र संस्कृतिविद् जगमानलाई सबै कार्यक्रममा बहिष्कार गर्ने निर्णय गरेको बताएको छ ।

विहिबार बसेको समितिको बैठकले पहिचान मेटिने गरी अभिब्यक्ति दिएको र त्यसकै पक्षपोषण गरेको आरोप लगाउँदै दुवै जनालाई जातिय कुनैपनि कार्यक्रममा समावेश नगराउने निर्णय गरेको हो ।
संघर्ष समितिका संयोजक कर्म तमुले पहिचानको आन्दोलन भैरहँदा पहिचानको पक्षमा लाग्नुपर्नेमा उल्टै अपब्याख्या गरी पहिचानको विरोध गर्नु सह्य ्नहुने जिकिर गरे ।

त्यसैगरी समितिले प्रदेशसभामा जनजातिका आवाज नउठाई दलको पछि लाग्ने सांसदहरुलाई पनि बहिष्कार गर्ने निर्णय गरेको बताएको छ । समितिले पहिचान विरुद्ध चलखेल गरिएको भन्दै त्यसको विरोध स्वरुप शुक्रबार महेन्द्रपुलदेखि ¥याली आयोजना गरेको छ । समितिले माग सुनुवाई नभए अनिश्चितकालिन प्रदेश बन्दको आह्वन गर्ने समेत चेतावानी दिएको छ । यसैबिच आदिवासी जनजाति महासंघ केन्द्रले पनि प्रदेश ४ मा संघर्षका कार्यक्रम गर्न केन्द्रीय प्रतिनिधी तोकेको छ । प्रदेश ४ का जिल्लाहरुमा महासंघका प्रतिनिधी खटाई विरोधका कार्यक्रम गरिने बताएको छ । महासंघले कास्कीमा दल बहादुर गुरुङ, कर्म गुरुङ, नविन रोका मगर, विनिता आलेमगर, जगत बहादुर बराम, खेम पुन मगरलाई केन्द्रीय प्रतिनिधी तोकेको छ । त्यसैगरी तनहुँमा नरेश ताम्राकार, मन्धरी आलेमगर, गोरखामा मोहोन गाले, कृष्ण रानामगर र नर बहादुर गुरुङ, लम्जुङमा बाबु घिसिङ तामाङ र पुकार गुरुङ, स्याङजामा आरवि गुरुङ, याम बहादुर गुरुङ, खगिस्वँरा थापामगर, ज्ञानेन्द्र पुनमगर, बाग्लुङ्गमा रेशम गुरुङ, रेनका काउचामगर, धना गुरुङ, जोगिलाल बुढामगर, म्याग्दीमा गोविन्द छन्त्याल र ओम गुरुङ, पर्वतमा मनोज गुरुङ र सिमा पुनमगर, र नवलपुरमा राजकुमार बोटे, टौँ बहादुर गुरुङ र सन्तलाल गुरुङलाई प्रतिनिधी तोकेको छ । महासंघबाट तोकिएको प्रतिनिधीले असार २२ गते सम्बन्धित जिल्लामा विरोधको कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

Advertisment