थप १५७ जनामा कोरोना संक्रमण पुष्टि : पाँच जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३ जना डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । जसमध्ये २ लाख ६५ हजार ६९८ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा तीन हजार २२ जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनाले मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

देशभर क्वारेन्टाइनमा भने १११ जना मात्र रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २० लाख ६४ हजार ८१ ज्नाको पीसीआर परीक्षण भएको अन्नपुर्णमा खबर रहेकाे छ ।

Advertisment