पांचौं मन्जु बहादुर बस्नेत मेमोरियल अन्तरमावि छात्र ह्यान्डबल प्रतियोगिता सम्पन्न, प्रतिभा बिजेता

युनाईटेड खबर, पोखरा ।  पांचौं मन्जु बहादुर बस्नेत मेमोरियल अन्तरविद्यालय स्तरीय (छात्र ) ह्यान्डबल प्रतियोगिता-२०८३ को उपाधि प्रतिभा उच्च माध्यमिक विद्यालयले जितेकोछ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिभा बोर्डिडले ११ का बिरूद्ध १२ गोल गरि जित हासिल पार्दै प्रतिभा प्रथम हुन सफल भएको हो। प्रथम भएसँगै प्रतिभाले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसैगरी, उत्कृष्ट प्रदर्शन गर्दै गुरुकुल विद्यासदन द्वितीय स्थान हासिल गरी नगद रु. १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छन।
त्यसैगरि पोखरा एकेडेमी र प्रगति बोर्डिड स्कुल तृतीय हुँदै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।
विधागत उत्कृष्ट खेलाडीहरू:
सर्वोत्कृष्ट खेलाडी: संस्कार गुरुड (गुरुकुल)
सर्वाधिक गोलकर्ता: सुजन पुन (प्रतिभा)
सर्वोत्कृष्ट गोलरक्षक: शितल गुरुङ (प्रतिभा मावि)
उत्कृष्ट प्रशिक्षक: विशाल नेपाली (गुरुकुल) रहेको छ ।
कास्की जिल्ला हेण्डबल संधको आयोजनामा सम्पन्न पांचौं मन्जु बहादुर बस्नेत मेमोरियल अन्तरविद्यालय स्तरीय (छात्र ) ह्यान्डबल प्रतियोगिता-२०८३ को मनकामना फेन्सी स्पोर्टस वयर मुख्य प्रायोजनमा सम्पन्न कार्यक्रम अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रम संयोजक विशाल बस्नेतको संयोजकत्व र
कार्यक्रमको कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष मिलन गुरुङले उद्दघाटन गर्नुभएको थियो ।
खेलमा बिजेता तथा बिभिन्न उपाधि प्राप्त गरेकाहरु लाई हेण्डबलका पुर्ब राष्ट्रिय खेलाडी तथा बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ, लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देबेन्द्र कुमार शेरचन, हेण्डबलका राष्ट्रिय क्याप्टेन बिशाल बस्नेत, कास्की जिल्ला हेण्डबल संघका पुर्ब अध्यक्ष क्या. जग बहादुर गुरुङ, पत्रकार राज बहादुर गुरुङ लगायतले नगद, ट्रफि, प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको सञ्चालन हेण्डबल संघ कास्कीका सचिव कृष्ण लम्सालले गर्नुभएको थियो।

Advertisment