चियाले कोरोना भाइरसविरुद्ध काम गर्ने, नौ महिनामै तीन अर्बको चिया

कोकिला ढकाल

इलाम । चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म तीन अर्ब छ करोड रुपियाँ बराबरको नेपाली चिया विदेश निर्यात भएको छ । यो अवधिमा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निकासी भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो ।
कोभिड–१९ का कारण गत आर्थिक वर्षमा कम निकासी भएको चिया चालू आर्थिक वर्षमा निकासी केही सहज भएकाले निकासी दर पनि बढेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन भएको थियो । अघिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा यो वर्ष उत्पादन र निर्यातमा भएको वृद्धिलाई उपलब्धिमूलक लिन सकिने बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुकुमार भट्टराई बताउनुहुन्छ ।
कोभिड–१९ को महामारीका समयमा भारतस्थित टी रिसर्च एसोसिएसनले गरेको अनुसन्धानले चियामा पाइने ‘दिफ्लाभेन’ भन्ने तìवले कोरोना भाइरसको असरलाई रोक्नसक्ने तथ्य पत्ता लागेपछि नेपाली चियालाई त्यो अवसरका रूपमा लिन सकिने बोर्डका निर्देशक भट्टराईले बताउनुभयो । ‘भारतको जर्नल अफ बायोमल्टिकुलर साइन्स एन्ड डाइनामिक्सले गत मार्चमा प्रकाशन गरेको जर्नलमा कोरोनाको भाइरसलाई कम गराएर त्यसविरुद्धको इम्युनिटी पावर वृद्धि गराउन चियामा पाइने दिफ्लाभेन तìव सबल रहेको उल्लेख छ । डाक्टर भट्टराईले भन्नुभयो, कोभिड सङ्क्रमण भएका व्यक्तिमा गरिएको परीक्षणमा चिया सेवनले कोरोना असर कम देखिएको जर्नलमा उल्लेख छ यो कारण पनि नेपाली चियाको माग राम्रो भएको छ । यो अध्ययन चिया क्षेत्र र कोभिड दुवैका लागि सुखद रहेको भट्टराईको भनाइ छ ।
अर्गानिक चिया उत्पादन गर्दै आउनुभएका सूर्योदय नगरपालिका सुन्दरपानी स्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं अध्ययन अनुसन्धानले जे पत्ता लगाए पनि चिया त्यसै पनि जडीबुटी रहेकाले यो औषधि जन्य वस्तु रहेको बताउनुभयो । मैले त दैनिक आफैँ ग्रीन टी सेवन गर्ने गरेको छु । हरेक व्यक्तिमा चियाले इम्युनिटी पावर वृद्धि गराउँछ । त्यही कारण पनि ग्रीन टीको माग उच्च छ ।
वैशाख १५ अर्थात् अवसरमा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नारा तय गरिएको बोर्डले जनाएको छ ।

साभार गोरखापत्र

Advertisment