पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, छ महिना ढिला हुने अनुमान !

तारा चापागाई
पोखरा, जेठ ११ गते । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम निषेधाज्ञा कारण निर्धारित समयमा नसकिने भएको छ । निर्माणाधीन विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१ को जुलाई १० मा निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो ।
सम्झौता सकिने अवधि नजिकिदै गर्दा कोभिडका कारण पटकपटकको बन्दले निर्धारित समयमा काम समपन्न गर्न नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनुभयो ।
“बन्दाबन्दीका कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा भारत, चाइना र युरोपबाट आउने इक्युमेन्टसँगै स्कील मेनपावर रोकिएकोले तिव्र गतिमा काम हुन सकेन् । “ हालसम्म ७७ प्रतिशत काम सकिएको छ । डेटलाइन २०२१ जुलाइ १० मा हो , वर्षको अन्तिम वा २०२२ को शुरुवातमा सक्छौ भन्ने छ’ – मुनकर्मीले भन्नुभयो ।
उहाँले माहामारी अगाडि चिनियाँ र नेपाली गरी सात सय कामदार काम गरेको र अहिले २५० नेपाली र १८५ चाइनिज गरि ४३५ मात्र कामदार रहेको जानकारी दिदैँ छ महिना ढिला हुन सक्ने अनुमान गर्नुभयो ।
मुनकर्मीका अनुसार निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवनको डेकोरेशन, फिनिसिङ ‘सिभिल वर्क’ रनवे टर्मिनल, पार्किङ, ट्याक्सी वे तथा ड्रेन, ‘हाइ मास्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान काम सकिएको छ । अहिले रनवे र लाइटनिङ सगै मैदान सम्माउने काम भैरहेको छ ल्याडसाइडतर्फ पनि फिनिसिङ पेन्टको काम भैरहेको छ भने रोडको काम सकिएको छ भने फुटफाट बनाउने र लिफ्टको काम भैरहेको छ ।

विमानस्थलका देखिएका चार समस्या

पोखरा विमानस्थल संचालनका तयारीका लागी सक्नुपर्ने आवश्यक महत्वपूर्ण काम ढिला हुदा आयोजना प्रमुख विनेश मुनकर्मीले चिन्ता व्यक्त गर्नुभयो । पोखरा क्षेत्रीय विमानस्थलको रनवेको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडा पुरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नहुँदा वन क्षेत्र कटान हुन सकेन् छैन् । विमान सुरक्षित अवतरण र उडानका लागि यस डाँडाे करीव ४० मिटर कटान गर्नुपर्ने हुन्छ । यो डाँडामा थुप्रै रुख काट्नु पर्नेछ । सरकारले डाँडा कटानको अनुमति दिएपनि पुरक इआइए ढिला हुदा काम हुन नसकेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीको भनाइ छ ।
रिठेपानी डाँडाले विमान अवतरणको क्रममा समस्या उत्पन्न गराउने देखेपछि गत फागुनमा मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय विमानस्थलको रनवेको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाका रुख तथा पोल कटान गर्न अनुमति दिने निर्णय गरेको थियो ।
‘हाम्रो तर्फबाट पुर्वतयारीको काम सकाएका छौँ, । स्वीकृत दिने बित्तीकै डाँडा काटन शुरु हुन्छ’, उक्त डाँडा काटन ६ महिना लाग्ने भएकोले छिटो शुरुवात गरेमा समयमा सकिने उहाँको भनाइ छ ।

विमानस्थलमा आउने भलपानीको समस्या

पोखरा विमानस्थलमा अहिले पोखराका विभीन्न ठाँउको भलपानी खोला पसे सरह बग्ने गर्छ । यसलाइ रोक्न बारम्बार समबन्धित निकायसम्म पुग्दा पनि समयमा चासो नदिएको मुनकर्मीको गुनासो छ । वर्षायाममा आउने भल पानी पुरै एयरपोर्ट भित्र पस्छ, यो पनि एउटा समस्या हो, यहाँ खोला नै बग्छ, गतवर्ष त पहिरो पनि गयो, यसलाइ तत्काल रोक्न जरुरी छ’ – उहाँले भन्नुभयो ।
२ वर्षदेखि कुरा उठाउदै आएको यस विषयलाइ सिडीयो कार्यलय, सिँचाइ कार्यलय, सडक विभाग र महानगरपालिका जानकार छ । हालसम्म सुनवाइ र कार्यन्वयन नभएको उहाँको भनाइ छ ।
कार्यदल बनाएर अध्ययन गरि रिर्पोट पनि बुझाएका छौँ । कार्यन्वयन भएको छैन् । हाम्रो तर्फबाट गर्नुपर्ने गरिरहेका छौ, यसका लागी हालसम्म कुनै पहल भएको छैन्’- मुनकर्मीले भन्नुभयो ।

ल्याण्डफिल्ड सार्न ढिलाइ

अपरेशन फ्लाइटका लागी बाधा पर्ने अथवा विमान उडदा चराहरु ठोकिन आउने सक्ने संभावना जोगाउन पोखरामा हाल भैरहेको ल्याण्डफिल्ड सार्न पर्नेछ । विमानस्थलबाट २ किमी दुरिमा पर्ने ल्याण्डफिल साइड तत्काल सार्न भनिए पनि हालसम्म कुनै तयारी नभएको मुनकर्मीको भनाइ छ । पोखरा महानगरपालिकाले सार्नका जग्गा प्राप्ती भएको बताएपनि कहिले सार्ने भन्ने ठेगान नभकोले उहाँले बताउनु भयो । “विमानस्थल नजिक चराहरुको क्रियाकलाप हुनुहुदैन्, तीन वर्षदेखि भनिरहेका छौ, ल्याण्डफिल एयरपोर्ट भन्दा १३ किमी पर वा डाँडाले छेकेको हुनुपर्छ । यहाँ दुइ किमी दुरिमा छ, यो पनि तत्काल गर्नुपर्ने काम मध्ये एक हो’- मुनकर्मीले भन्नुभयो ।

विमानस्थल भित्र फ्युल स्टेशन बनाउन ढिलाइ

पोखरा विमानस्थल भित्र आफनै फ्युल स्टेशन बनाउने जिम्मा आयल निगमको हो । तर अहिलेसम्म त्यसको तयारी नभएको उहाँको भनाइ छ ।
‘उहाँहरुले अपरेशन फ्लाइट भए हामी बाहिरबाट ल्याएर उपलब्ध गराउछौँ भन्नु भएको छ, तर यो विमानस्थल भित्रै आवश्यक छ’ मुनकर्मीले भन्नुभयो । उहाँले भोली आइपर्न सक्ने समस्याका लागी यसतर्फ पनि ध्यान दिन जोड दिनुभयो ।
साभार – गोरखापत्र अनलाइन

Advertisment