खोप खरिद गर्न २६ अर्ब ७५ करोड रुपियाँ बजेट

कठमाडौं, जेठ १५ गते । कोभिड रोकथाम तथा नियन्त्रणकाबलागि खोप खरिद गर्न २६ अर्ब ७५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु एको हो ।
साथै उहाँले कोभिड १९को परीक्षण र उपचार निःशुल्क गरिने पनि बजेटमा उल्लेख गर्नुभएको छ । यसै गरी कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभएको हो ।
यसैगरी कोरोना सङ्क्रमित बिरामीको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको अण्डरका कार्यन्वयनमा ल्याइने समेत उहाँले बताउनुभयो ।
त्यस्तै कोभिड बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रत्साहनस्वरुप प्रदान गरिने जोखिम भत्तालगायतका अन्य सुविधान सङ्क्रमण जोखिम कायम रहेको अवधिसम्मका लागि निरन्तरता दिइएको छ

Advertisment