पाेखरा । २२, जिल्ला प्रहरी कार्यालय कास्कीले एक प्रेस विज्ञप्ति जारी गरि बैकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेकाे जनाएकाे छ ।
आफ्नो बैक खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै रु.१३,८०,०००।– को चेक काटि दिई सम्बन्धित बैंकमा चेक साट्न जाँदा खातामा पर्याप्त रकम नभएको भनी चेक सटही हुन नसकी बाउन्स भएको जनाएकाे छ ।
प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ बाझपाटन स्थायी वतन भई हाल ऐ.ऐ. वडा नं.१० बुद्दचोक बस्ने वर्ष ३५ का शंकर गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले मिति २०७८।०७।१८ गते पक्राउ गरी बैंकिङ कसूर सम्बन्धी मुद्दामा सम्मानित उच्च अदालत पोखराबाट दिन सात (०७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको समेत बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
चेक बाउन्स कसुरमा पक्राउ
November 8, 2021
561
Advertisment




