लाहाचोकको राष्ट्रिय प्रसारण लाइन सबस्टेसनको उद्दघाटन

कास्की, चैत १५ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकमा विद्युतस्को राष्ट्रिय प्रसारण लाइन जोडस्ने सबस्टेसनको उदस्घाटन गरिएको छ । ‘ल्हाचोक १३२/३३/११ केभी’ प्रसारण लाइन सबस्टेसन कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युतस् राष्ट्रिय प्रसारण लाइनमा जोडस्ने गरी निर्माण गरिएको हो । ४२ किमी लामो नयाँ मोदी–लेखनाथ प्रसारण लाइनअन्तर्गत नेपाल विद्युतस् प्राधिकरणले सो सबस्टेसन निर्माण गरेको हो ।

सबस्टेसन नयाँ मोदी–लेखनाथ प्रसारणलाइनअन्तगत मोदी जलविद्युतस् केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको र निकट भविष्यमा लेखनाथ १३२ केभी सबस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । यहाँ जम्मा हुने विद्युतस् पोखरास्थित राष्ट्रिय प्रसारण लाइनमा जोडस्न अहिले प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाले जनाएको छ ।
सबस्टेसनको शुभारम्भमा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युतस् पु-याउने गरी सरकारले नीति कार्यक्रम र योजना बनाएको बताउनुभयो ।
उहाँले नेपालका नदी नालाबाट अधिकतम विद्युतस् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले बत्तीका लागि होइन, ऊर्जाका हरेक क्षेत्रमा विद्युतस् प्रयोग गर्ने र पेट्रोलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेको छ । ”
सरकारले अगामी १० वर्षमा १५ हजार मेगावाट विद्युतस् उत्पादनको लक्ष्य राखेको र सो विद्युतस् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युतस् व्यापारका लागि समेत कार्यअघि बढाइको मन्त्री भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष भारतसँग ७५ मेगावाट विद्युतस् बिक्री गरेर व्यापारको सुरुवात गरेका छौँ । आगामी वर्ष ५०० देखि ७०० मेगावाट विद्युतस् बिक्री गर्ने योजना छ । ”
देशभित्र हाल कुलेखानीबाहेकको अर्को रिजर्भ (जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग बिजुली खरिद गर्नुपर्ने बाध्यता रहे पनि अर्को वर्षबाट आत्मनिर्भर बन्ने अवस्था आउने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सबस्टेसनलगायतका प्रसारण लाइन निर्माणका क्रममा स्थानीयवासीहरू प्रभावित भएकाले सरकारले उचित मुआब्जा दिनुपर्ने बताउनुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले लाहाचोक सबस्टेसन निर्माण र सञ्चालनसँगै विद्युतस् आपूर्ति र गुणस्तरमा सुधार आउने बताउनुभयो । उहाँले स्थानीय जनताको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाल विद्युतस् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ मोदी–लेखनाथ प्रसारण लाइन र यसअन्तर्गतका सबस्टेसनबाट ग्रामीण क्षेत्रसहित पोखराको आधा भूभागमा विद्युतस् सेवामा सुधार आउने बताउनुभयो । राष्ट्रिय प्रसारण लाइन नपुगेका कास्कीका विकट गाउँहरूमा विद्युतस् विस्तार गर्न प्राधिकरण तत्पर रहेको उहाँको भनाइ छ ।
माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकाअन्तर्गत हाल मर्दी खोलामा दुई र सार्दीखोलामा एक जलविद्युतस् आयोजना निर्माण सम्पन्न भएको र सेतीमा दुई आयोजना निर्माणको क्रममा रहेको बताउनुभयो । उहाँले गाउँपालिकाबाट १४३ मेगावाट जलविद्युतस् केही महिनाभित्रमा राष्ट्रिय प्रसारणमा जोडिने भएकाले जलस्रोतबाट नै पालिकाको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकार, नेपाल विद्युतस् प्राधिकरणको र भारतको एक्जिम बैङस्कको ऋण लगानीमा सो सबस्टेसन निर्माण गरिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार यसको लागत एक अर्ब पाँच करोडको छ । भारतको हिताक्षी इनर्जी कम्पनीसँग सनस् २०१८ जुन २१ मा निर्माण सम्झौता भएर सनस् २०२१ डिसेम्बर २९ मा निर्माण कार्य सम्पन्न भएको बताइन्छ ।
गोरखापत्रबाट

Advertisment