समय बचत तथा ऋण सहकारीमा रक्त संकलन

चैत २१ पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको छ ।
संस्थाले आफ्नो स्थापनाको १४ औं वािर्षकोत्सवको अवसर पारेर आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष रामराज लामिछानेले गरे । उनले संस्थाका शेयर सदस्य आशिष गुरुङलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा रक्तसञ्चार केन्द्रका वरिष्ट प्रविधिक महेन्द्र केसीले रक्तदानको महत्वका बारेमा प्रकाश पारे ।
संस्थाका अध्यक्ष शिव प्रसाद द्वाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यसमिति सदस्य भोलाकुमार श्रेष्ठ र सञ्चालन संस्थाका सचिव अनिल बड्गामीले गरेको कार्यक्रम संयोजक नविन नापितले जानकारी दिए ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । करिव एक हजार शेयर सदस्य रहेको सहकारीले यसअघि स्थापनाको १४ वर्ष प्रवेश गरेको अवसरमा लमजुङको गिलुङस्थित ज्योति विन्दु प्राविमा अध्यनरत ३१ विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद समाग्री वितरण गरेको थियो ।

Advertisment