एनआरएनएका उपमहासचिव र महिला सचिव गुरुङलाई तमु धिंको स्वागत एवम बधाई

पोखरा, २ बैशाख

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालले गैर आवाशिय नेपाल संघको भरखरै सम्पन्न अधिवेशनबाट उपमहासचिवमा चयन हुनुभएको ओम गुरुङ(जापान) र महिला सचिवमा निर्विरोध निर्वाचित राधिका(टिका) गुरुङ(हङकङ)लाई स्वागत एवम बधाई ज्ञापन गरेको छ।

पोखरा आईपुग्नु भएको अग्रज गुरुङद्धयलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, कार्यसमिति सदस्यहरु श्रीजंग गुरुङ र सुरेन्द्र गुरुङले तमु धिं नेपालमा आयोजित कार्यक्रममा खादा, भाङग्रा, घलेकबाट स्वागतका साथै बधाई ज्ञापन गरेको हो।

गैरआवाशिय नेपाली संघका उपमहासचिवले तमुहरुको एकताबाटै सामुदायिक हित र विकास हुने भन्दै आफुहरुले तर्फबाट सक्दो साथ रहने बतउनुभयो।

यसरी नै महिला सचिव राधिका(टिका)गुरुङले तमु धिं नेपालको स्वागत एवम बधाईका लागि धन्यवाद व्यक्त गर्नु हुदै गैरआवाशिय नेपाली संघको नेतृत्वका लागि महत्वपुर्ण जिम्मेवारी प्राप्तलाई अग्रगतिमा जुट्ने बताउनुभयो।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले गैरआवाशिय नेपाली संघको महत्वपुर्ण पदहरु जिम्मेवारी पाएकोमा हार्दिक बधाईका साथै शुभकामना व्यक्त गर्नुभएको थियो।

Advertisment