पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री जर्नादन शर्माले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने बताएकाछन । संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै अथर्मन्त्रीले यस्तो जानकारी दिएकाछन ।

विद्यार्थीलाई कक्षा कोठाबाटै सीप सञ्चालन गर्न थप बजेट विनियोजन, शिक्षासँग सीप भन्ने अभियानका लागि माध्यमिक तहका विद्यार्थीका लागि पाठ्यक्रम निर्माण गरिने आर्थिक वर्ष २०७९–०८० को बजेमा उल्लेख छ ।
मिर्गौला रोगीहरुको निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्न दश करोड विनियोजन, स्वास्थ्य क्षेत्रको प्रदेशमा छ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड विनियोजन भएको छ ।

हाम्रो विद्यालय हाम्रो जिम्मेवारी

भूमिहीन र अव्यवस्थित बसोवासीलाई लालपूँर्जा वितरण गर्ने तयारी, माद्यमिक विद्यालयमा अनलाइन शिक्षाका लागि १० करोड रुपियाँ विनियोजन, हाम्रो विद्यालय हाम्रो जिम्मेवारी अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीलाई सामुदायिक तथा सहकारी अस्पतलाबाट मात्र सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ ।

डडेलधुरामा मेलिकल कलेज स्थापना

उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति न्यून गर्न सूचना अध्ययन प्रदान गर्न प्रतिष्ठान स्थापना गरिने छ । नेपालका उच्च शैक्षिक संस्थामा विदेशी विद्यार्थीका लागि कोटा दिइने छ, प्राविधिक शिक्षालाई प्रदेशमा लगिने र यसका लागि आठ अर्ब ३० करोड निनियोजन, डडेलधुरामा मेलिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइने छ ।

राज्यको अभिभारा एक घर एक धारा

काठमाडौं बाहिर मेडिकल कलेज स्थापनाका लागि समन्वय गरिने छ, युवा वैज्ञानिकलाई अनुसन्धानलाई प्रोत्साह गरिने छ । राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने छ, विदेशी प्राध्यापकलाई भीसा उपलब्ध गराएर नेपाल आउन सहजीकरण गरिने छ । शिक्षण संस्थामा वर्षमा दुई पटक भर्ना गर्ने योजना, राज्यको अभिभारा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने पनि बजेमा उल्लेख छ ।

काठमाडौं उपत्यकाका चार क्षेत्रमा पानी पोखरीको स्थापना गरिने छ, उपत्यकाको खानेपानीलाई सहज बनाउन मेलम्ची खानेपानीको पाइप विछ्याउन एक अर्ब ९२ करोड विनियोजन गरिएको छ ।

काठमाडौं सिस्नेरी र ठोस्नेबाट खानेपानी आपूर्ती गर्न अध्ययन तथा प्रक्रिया अगाडि बढाइने छ । यी क्षेत्रमा बहुउपयोगी पार्क तथा मनोरञ्जनात्मक क्षेत्र समेत बनाइने छ ।

Advertisment