लुम्लेमा एक लाख एघार हजार एक सय एघार रुपयांको “चुडामणि भगवती देबकोटा अक्षयकोष” स्थापना

पौष १९,
पोखरा । कास्कीको अन्नपुर्ण गाऊंपालिका वडा नम्वर ६ मा अवस्थित श्री सिद्ध आ. बि. लुम्लेमा लामो समय सम्म अध्यापन गरेका बिधालयका भु. पु. प्र. अ. चुडामणी देबकोटाले बिधालयमा एक लाख एघार हजार एक सय एघार रुपयांको “चुडामणि भगवती देबकोटा अक्षयकोष” स्थापना गरेका छन ।

बिधालयको शैक्षिक उन्नतिका लागी स्थापना गरिएको अक्षयकोष हालै बिधालयका अध्यक्ष नुम लाल देबकोटा र प्र. अ.नबिन भण्डारी लाई हस्तान्तरण गरिएको शिक्षक सन्तोष सुवेदीले युनाईटेड खबर डट कम लाई जानकारी दिएका छन ।
बिधालय मा हाल सम्म स्थापना गरिएको अक्षयकोषहरुमा १ जय बृहस्पति अक्षयकोष रु ५० हजार, २ छलि माया स्मृती अक्षयकोष रु ३० हजार पांच सय, ३ गङा सिङ्ह आइत श्री अक्षयकोष रु ५० हजार पाच सय पचपन्न, ४ गङाधर नन्दकलि स्मृती अक्षयकोष रु ५० हजार पांच सय, ५ सु. धर्मरास चमार्खु स्मृति अक्षयकोष एक लाख एघार हजार एक सय एघार, ६ कालिका माइ शैक्षिक बिकास अक्षयकोष रु द्द लाख र हालै स्थापना गरिएको चुणामणि भगवती देबकोटा शैक्षिक बिकास अक्षयकोष एक लाख एघार हजार एक सय एघार गरि सात वटा अक्षयकोष स्थापना भएको छ ।
बिधालयमा हाल १३८ जना बिधार्थी अध्यनरत रहेका छन् ।

Advertisment