फेवा पब्लिक स्कूलको १९ औँ वार्षिकोत्सव

फागुन २४,

पोखरा । पोखराको गणेशटोलमा अवस्थित फेवा पब्लिक स्कूलले बुधबार १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो । गण्डकी विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले कार्यक्रमको उदघाटन गरेका हुन् । डा. तिमिल्सिनाले समाजिक सन्जालको दुरुपयोगले बिद्यार्थीको पठनपाठनमा असर पर्ने गरेको बताउदै यस्को सहि सदुपयोग गर्न आफ्ना छोराछोरीलाइ बाबुआमा र शिक्षकले सिकाउनु पर्ने बताए । बिद्यालयमा भन्दा बाबुआमाको साथमा विद्यार्थी लामो समयसम्म रहने हुनाले आफ्ना छोराछोरीको गतिविधिमा बाबुआमाले निगरानि राख्न जरुरी रहेको उल्लेख गरे । बिद्यालयका प्राचार्य अच्युत पाण्डेले विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीको संख्या बढाउन भन्दा विद्यार्थीलाइ गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्यालयको योजना रहेको उल्लेख गरे । पृथ्वीनारायण क्याम्पस शिक्षा विभागका नेपाली बिभाग प्रमुख डा. बाबुराम अधिकारीले गुणस्तरीय शिक्षामा निजि बिधालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
प्याव्सन, कास्कीका अध्यक्ष मथुरा पौडेलले विद्यार्थीहरुको शैक्षिक गुणस्तरीयता प्रति ध्यान दिन विद्यालय र अभिभावक लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति, प्रहर्सनका साथै विज्ञान एवं चित्ररकला प्रदर्शनी गरेका थिए ।विद्यालयमा हाल ४ सय २६ जना विद्यार्थीहरु अध्ययनरत छन् । बिद्यालयका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्राचार्य प्रमोद पाण्डेले स्वागत मन्त्ब्य ब्यक्त गरेका थिए ।

Advertisment