शिक्षक संघ कास्कीको भेला सम्पन्न

१९ फागुन, पोखरा ।

नेपाल शिक्षक संघ कास्कीको २५ औं प्रतिनिधी सभा भेला तथा सम्मान कार्यक्रम शनिबार पोखरामा भब्यरुपमा सम्पन्न भएको छ ।

गाऊं गाऊं बाट आउनुभएका शिक्षक भेलामा बोल्नुहुंदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पूर्व शिक्षा मन्त्री अर्जुन नरसिंह केसीले देशमा शैक्षिक समस्या समाधान गर्नको लागि शिक्षक संघले नेपाली काँग्रेस र सरकारलाई समेत दबाब दिन सक्नुपर्ने बताउनुभएको छ ।

पूर्व शिक्षा मन्त्री केसीले शिक्षकको मर्यादा कायम राखेर शैक्षिक गुणस्तर वृद्धि गर्न आबश्यक रहेको भन्दै निजि क्षेत्रको तुलनामा सामुदायिक वा सरकारी शिक्षा कमजोर बन्दै गएको भनि चिन्ता ब्यक्त गर्नुभयो ।

२१ औं शताब्दीको नेतृत्व लोकतान्त्रिक हुनुपर्ने कुरामा जोड दिंदै उनले भने ‘अधिनायकबादी सोचको नेतृत्व पार्टीभित्र मौलाउंदै गएको छ, यस्तो नेतृत्व बिरुद्ध मैले सदैब संघर्ष गर्दै आएको छु।  उनले गाउँ गाउँमा सिंहदरबार लैजाँदा भ्रष्टाचार पनि गाउँ गाउँ पुगेको भन्दै चिन्ता समेत प्रकट गरे।

कार्यक्रममा नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्षहरु बिजयराज भण्डारी, मित्रलाल सापकोटा, शिरोमणी लामिछाने, रमेश भट्टराई, बलराम बराल र मोहन ज्ञवालीलाई शिक्षक् संघमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो कार्यक्रमका प्रमुख अतिथि केसीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धि र शिक्षा क्षेत्रको बिकासमा उल्लेखनीय योगदान गरेको भन्दै विभिन्न बिद्यालयहरुलाइ सम्मान गरिएको थियो। जसअनुसार पोखरामहानगर भित्रका बिध्यालयहरु मध्ये शितलादेबी सामुदायिक माबि, बालमन्दिर माबि, बिन्दबासिनी माबि, र जनप्रकाश माबि, माछापुछ्रे गाउँपालिकाका बिध्यालयहरुमध्ये माछापुछ्रे माबि, जनकल्याण माबि र देउराली माबि, रुपा गाउँपालिकाका बिश्वशान्ति माबि, अरुणोदय माबि र रिठुमाला माबिलाई सम्मानपत्र प्रदान गरिएको थियो।

यसै गरि अन्नपुर्ण गाउँपालिकाको श्रीजना माबि, भूमे माबि र ज्ञानोदय माबि तथा मादी गाउँपालिकाका धनुबास कालिका माबि, जनमन्दिर माबि र चण्डी माबिलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।

सोही कार्यक्रममा संघका कास्की जिल्ला सचिब तारानाथ भण्डारीले संघको सांगठनिक प्रतिबेदन प्रस्तुत गर्दै संघले शिक्षकहरुको हकहीतका अतिरिक्त शिक्षा बिधेयकमा समाबेश गर्नुपर्ने कुराहरुको बारेमा, शिक्षा क्षेत्रको समग्र सुधारका बारेमा, शिक्षक मैत्री बाताबरणको निर्माण गर्ने सम्बन्धमा विभिन्न चरणमा विभिन्न कार्यक्रम गरेको जानकारी गराउनुभयो ।

यसै गरि संघका जिल्ला अर्थ सचिब निर्मल आचार्यले २०७८ चैत्र देखि हाल सम्मको ८ लाख ९४ हजार ६ सय ४२ रुपैयाको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।

नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीको सभापतित्वमा सम्पन्न संघको २५ औं प्रतिनिधि सभा एबम शिक्षक् सम्मान कार्यक्रममा पूर्व मन्त्री अर्जुननरसिंह केसी सहित नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री एबम कास्की काँग्रेसका सभापति यज्ञबहादुर थापा, काँग्रेस केन्द्रीय सदस्य शारदा पौडेल, कास्की काँग्रेसका सभापति किशोर बराल, शिक्षक संघका केन्द्रीय उपमहासचिब सिता थापा, गण्डकी प्रदेश उपमहासचिब टिका भण्डारी, संघका पूर्व केन्द्रीय सदस्य बिजयालक्ष्मी कोइरालाले आफ्नो भनाई राख्नुभएको थियो ।

यसै गरि शिक्षक नेताहरु रमेश भट्टराई, बिजयराज भण्डारी, मित्रलाल सापकोटा, देबीप्रसाद बस्ताकोटी, बिष्णु प्रसाद तिवारी, संघका कास्की जिल्ला उपाध्यक्ष शिवलाल तिमिल्सेना, माछापुछ्रे माबिका प्रधानाध्यापक सन्तोष भट्टराई, शिक्षक महासंघ कास्कीका सह अध्यक्ष डिल्लीराम बराल, शिक्षा ज्योति सहकारीका अध्यक्ष दुर्गाराज बराल, पोखरा महानगरका शिक्षक संघका पूर्व अध्यक्ष भोलानाथ पौडेल, पोखरा महानगर शिक्षक संघका अध्यक्ष किरण बाबु नेउपाने, माछापुछ्रे गाउँ पालिका शिक्षक संघका अध्यक्ष बिदुर चन्द्र ढकाल, अन्नपुर्ण गाउँ पालिका शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, मादी गाउँ पालिकाका अध्यक्ष सुमना सुबेदी, कृष्ण प्रसाद तिमिल्सेना, जित बहादुर खनाल, रिम बहादुर खवास र पुरुषोत्तम सापकोटा लगाएतले पनि शिक्षक र शिक्षा तथा अन्य समसामयिक बिषयमा विचार ब्यक्त गर्नुभएको थियो । भेलाले बिभिन्न प्रस्ताबहरु पारित गरिएको अध्यक्ष राजु क्षेत्रीले जानकारी दिनुभएको छ ।

Advertisment