लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ ।

भित्तेपात्रोको विमोचन गर्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले पोखरा पर्यटकीय राजधानी घोषणा संगै यसलाई सार्थकता दिन सम्पूर्ण व्यवसायीको जिम्मेवारी हुने वताइन । पोखरा आफैमा पर्यटकीय गन्तब्य भएतापनि सरकारी स्तरबाटै पर्यटकीय राजधानी घोषणा हुनु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य दिपेन्द्र पहारी, पश्चिमाञ्चल होटल संघका अयक्ष लक्ष्मण सुवेदी, सारस वेभरेज डिलरका प्रतिनिधी राजु सुवेदी लगायत ब्यवशायीले ब्यवसायीक मर्यादामा रहेर ब्यवसाय गर्नुपर्नेमा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष रोशन देवकोटाले लेकसाइड मदिरा ब्यवसायी समितिमा आवद्ध ब्यवसायीहरुले ब्यवसायमात्र नभइ सामाजिक काममा समेत अग्रसर रहेको वताउदै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने वताए ।

कार्यक्रममा संस्थाप्रति सकारात्मक र क्रियाशिल रहेको भन्दै संस्थाका कार्यसमिति सदस्य मणिराम पाण्डेलाई सम्मान गरेको थियोभने विज्ञापनदाता कम्पनी लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष दुर्गादत्त गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बालहरी बरालले गरेका थिए ।

Advertisment