ईलाममा खड्का, वझाङमा सिंहलाई जिताउन जनसम्पर्क समिति कतारको आह्वान

इलाम । बैशाख १५ गते इलाम क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्य र वझाङ क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यको लागि हुन गैरहेको उपनिर्वाचनमा उम्मेदवार बनेका डम्वर बहादुर खड्का र अभिशेक वहादुर सिंह पक्षमा मतदान गर्न नेपाली नेपाली जनसपमार्क समिति कतारले आह्वान गरेको छ ।

नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजीज अली र जनसम्पर्क समितिका पुर्व सभापतीहरु नरेन्द्र भाट, विमल सुवेदी, केशव भुसाल लगायतले वहुचर्चित उप निर्वाचन इलाम क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्यको उमेद्वार जनता विच लोकप्रिय नेता डम्बर खड्का र बझाङ १ (क) मा जुझारू युवा अभिशेक वहादुर सिंहका पक्षमा मतदान गरी विजयी गराउन सम्वंधित क्षेत्रका नागरिक हरुलाई आह्वान गरेका छन ।

उनीहरुले विश्वाका जुन सुकै ठाउमा भए पनि इलाम २ र वझाङ घर हुनु भएका साथी भाई हरुले आफ्नो घर टोल र वडामा बिभिन्न माध्यम बाट संपर्क गरी रुख चिन्नमा मतदान गर्न अनुरोध गरी नेपाली कांग्रेसका उमेद्वार लाई बिजयी बनाउन साथ सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

इलामेली जनता संग बिशेष अनुरोध गर्दै नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको र कांग्रेस सधैं पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको हुँदा नयाँ र गुलिया नाराको भुलभुलैया मा नपर्न र कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्न नसक्ने भएको कुरा बुजेर अमुल्य मत्दान गर्न अनुरोध गर्दछौ । संघीयता र पहिचानको पक्षमा उभिएर कोशी प्रदेशको नामाङ्कन गर्दा असहमति जनाएर पहिचानको पक्षमा उभिनु भएका डम्वर वहादुर खड्का र अभिशेक वहादुर सिंह लाई बैशाख १५ मा हुने उपनिर्वाचनमा अत्यधिक मतले बिजयी गराउन देश बिदेशबाट हातेमालों गर्न अनुरोध गरिएको छ ।

Advertisment