बालुवाटारमा ओली-दाहाल बार्ता जारी,रास्वपा अध्यक्ष लामिछाने पनि प्रबेश

२० फागुन, पोखरा । कांग्रेसको महासमिती बैठकको निर्णय र राष्ट्रियसभा अध्यक्षमा दाबी नछोड्ने भएपछि माओबादी नेताहरु यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी ओली सहितका शिर्ष नेताहरु (पुस १० को गठबन्धनका प्रमुख पात्रहरु) बिच  वार्ता  जारी रहेको उच्च स्रोतले जानकारी दिएको छ ।

वार्तामा रास्वपाका अध्यक्ष रवि लामिछाने,एमाले अध्यक्ष ओली सहित महासचिव शंकर पोख्रेल,माओवादी उपमहासचिव बर्षमान पुन,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादव  सहितका नेताहरु रहनुभएको छ ।

यस अघि कांग्रेस सभापति शेर बहादुर देउवा  र  माओबादी अध्यक्ष पुष्पकमल दाहाल बिच लामो छलफल भएको थियो ।

राष्ट्रिय सभाअध्यक्षमा काङ्ग्रेसले दावी नछाड्ने अडान सहित देउवा बाहिरिनासाथ उल्लेखित नेताहरुको बालुवाटार ईन्ट्री भएको बुझिएको छ ।

उता सभापति देउवाले आफ्ना पार्टीबाट प्रतिनिधित्व गर्ने १० जना मन्त्रीलाई बुढानिलकण्ठ निवासमा बोलाएर परिस्थिती जुनसुकै बेला जस्तोसुकै अवस्था आउनसक्ने भन्दै तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिनुभएको सहभागी एक मन्त्रीले युनाईटेड खबरलाई जानकारी दिएको छ ।

Advertisment