राष्ट्रपति रामचन्द्र पौडेलको भनाई स्थानीय सरकार र जनप्रतिनिधि जनतामुखी हुनुपर्नेमा जोड

तनहुँ – म्याग्दे । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी भए त्यति स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुने र त्यति नै हाम्रो शासन व्यवस्थाले परिकल्पना गरेको लक्ष्य साकार हुने बताउनुभएको छ ।

तनहुँको म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार समुदघाटन गर्दै उहाँले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता विकासको वाधक भएको स्पष्ट पारनुभयो । राष्ट्रपति पाैडेलले भन्नुभयो, “सुशासन र सुदृढ व्यवस्थापनका माध्यमबाट यसको चिरफार र शल्यक्रिया गरी व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्नेहरूका लागि एकातिर विकासको गतिलााई तीव्रता दिनुछ भने अर्कातिर जनताको बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र बलियो बनाउनु हाम्रो साझा दायित्व बनेको छ।”

उहाँले कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै विस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “ हामीले कर्म गर्ने हो, निराश हुने होइन । नेपालमा विकासको अपार संभावना छ र हामी चारैतिरबाट विस्तारै विकासको बाटोमा अगाडि बढ्दैछौ।” उहाँले बन्दै गरेको सेती जलाशय परियोजना, अवको योजनामा रहेको तल्लो सेती हाइड्रो, स्तरोन्नति हुँदै गरेको पृथ्वीराजमार्गलगायतका पूर्वाधारले विसतारै सबैतिरबाट सुविधा थपिदै गएको र गिरिजाप्रसाद स्वाश्प्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले यहाँ नै कृषि, औधोगिकीकरण र रोजगारीको विकास गरी गाउँमा नै बसौ बसौ बनाउने हाम्रो लक्ष्य हामी पुरा हुने विश्वास पनि दिलाउनुभयो ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको महत्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पुरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै उहाँले विगतमा सिंहरबारमा केन्द्रीकृत शासनप्रणालीलाई विकेन्द्रीत गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढंगले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको स्पष्ट गर्नुभयो ।
“हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीट्जरल्याण्डकोजस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौं “, उहाँको भनिनभयो“
“आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहान्छु ।”,
कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकासमा उहाँले जोड दिनुभयो । “उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो गाउँपालिका कृषि र पर्यटन क्षेत्रबाट प्रशस्त लाभ लिन सक्ने सम्भावना रहेको छ, कृषि र पर्यटनबाट नै यस क्षेत्रको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।
यो गाउँपालिका प्रकृतिको सुन्दर उपहार हो भन्दै उहाँले प्रकृतिको वरदान नै पाएजस्तो यहाँको भूवनोट मैदान, खोलानाला, फाँट र पाखापखेरा अनि यहाँका सरल सहृदयी र स्वभामानी वासिन्दाले यसको विशिष्ट पहिचानलाई उजागर गरेको अनुभूति हुन्छ “ भन्नुभयो ।

Advertisment