पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको आज बसेको बैठकले विविध निर्णयहरु गरेको छ ।
वीपी स्मृति भवन लामाचौरमा भएको वैठक नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्व र केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा भएको थियो ।
वैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले पार्टीबाट चुनाव जितेका जनप्रतिनिधि र पार्टीका साथीहरु विच समय–समयमा छलफल भइरहनुपर्ने उल्लेख गर्नुभयो ।
“यो नीति तथा कार्यक्रम तय गर्ने समय हो, सार्वजनिक हित र सेवा मुलक घोषणाहरुका लागि साथीहरुले सुझाव आवश्यक छ, नागरिकको मन जित्ने र संगठन बलियो बनाउने कार्यमा लाग्नु पर्छ”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिले हाल सम्म गरेका कार्य माथि प्रकाश पार्दै जिम्मेवारीमा रहेका सवै साथीहरु आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालय स्थायित्वका लागि नयाँ भवन निर्माण भइरहेको जानकारी दिनुभयो ।
त्यसैगरी सभापति शर्माले “पार्टी र सरकार विचको सम्बन्ध राम्रो र बलियो हुनुपर्छ । प्रजातन्त्रमा सबैको जीत हुन्छ, हाम्रो विरासत राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता नै हो।” भन्नुभयो ।
वैठकमा उपसभापति मेखलाल श्रेष्ठले हामीले यो वा त्यो गुट, उपगुट नभनी सबै कांग्रेस बन्न सक्नुपर्छ भन्नुभयो भने महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
पार्टीको विधान अनुसार महिला, दलित र पर्यटन गरी ३ वटा विभाग थप गर्ने, प्रदेश भित्र रहेका महिला, तरुण दल तथा नेविसंघको विवादलाई चाडै नै समाधान गरी अधिवेशन गराउनको लागि केन्द्रीय कार्यसमितिसँग माग गर्ने निर्णय भएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिनुभयो ।
त्यसैगरी क्रियाशिल सदस्यको नविकरण र नयाँ वितरण कार्यलय प्रभावकारी रुपमा सम्पन्न गर्ने, देशमा चलिरहेको शिक्षक आन्दोलनलाई तुरुन्त वार्ताद्वारा समाधान गरी सिघ्र रुपमा शिक्षा ऐन ल्याउन सरकारसँग जोडदार माग गर्ने निर्णय भएको प्रवक्ता बास्तोलाले बताउनुभयो ।
उक्त वैठकमा विभागका प्रमुख पूर्ण बहादुर दाहाल, सीता गुरुङ, इन्द्रराज पौडेल, द्रोणवन सन्यासी, अजित क्षेत्री, सरिता गुरुङ, हरिप्रसाद बराल, अनोद श्रेष्ठ, रविकला खनाल, शान्तीरमण वाग्ले, रमेश पौडेल, शकुन्तला शर्मा, आशिक गुरुङ, वावुराम पोखरेल, शिरोमणी बराल, नेपाली कांग्रेस स्याङ््जा जिल्लाका कार्यवाहक सभापति केदार काफ्ले, म्याग्दीका कार्यवाहक सभापति हरी कुमार श्रेष्ठलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कांग्रेस गण्डकी प्रदेश समितीको वैठक सम्पन्न, यस्ता छन निर्णय
April 28, 2025
774
Advertisment


