महाबीर पुन माथि अभद्र व्यवहार गर्ने प्रहरीको फन्दामा

पोखरा । नेपालका बैज्ञानिक तथा स्वतन्त्र सांसद डा. महाबिर पुन माथि अभद्र व्यवहार गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
बुधबार पोखरा महानगरपालिका वडा नं।९ पृथ्वीचोक स्थित डा। महाबिर पुन लगायतको टिमले “महाबिर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले अपशव्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछी प्रहरीले सूक्ष्म अनुसन्धान गरी खोजतलास गरि पक्राउ गरेको हो ।
घटनामा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। ९ महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको समेत कास्की प्रहरीले प्रेस बिज्ञप्ति प्रकाशित गरि जानकारी दिएको छ ।
प्रेस बिज्ञप्तिमा पक्राउ परेका विकास गुरुङ यस भन्दा अगाडी तीन ९३० पटक लागु औषध मुद्दामा सजाय पाएको समेत प्रहरी अभिलेखबाट खुल्न आएको जनाएको छ । file-photo 

Advertisment