तमु धीं यूकेको गुडविल एम्बासडर कराँते खेलाडी एरिका तमु

Karate athlete Erica Tamu becomes UK Goodwill Ambassador

काठमाडौं — बेलायतमा रहेका सबै भन्दा ठुलो संस्थाका रुपमा परिचित तमु धीं युकेले राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङलाई गुडविल एम्बासडर बनाईएको जानकारी प्राप्त भएको छ ।

सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रम बिच तमु धीं यूकेले एरिकालाई गुडविल एम्बासडरका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा तमु धीं युकेबाट उपाध्यक्ष एवं समाजसेवी कमल गुरुङ र एरिका गुरुङले हस्ताक्षर गरेका छन् । दुई पक्षबीच नेपाल कराँते महासंघका महासचिव दावा गुरुङ, राष्ट्रिय कराँते टिमका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलगायतको रोहवरमा सम्झौता भएको हो ।

एरिका यस अघि तमु धीं यूकेको रजत महोत्सवमा ‘तमु प्रतिभा पुरस्कार-२०२४’ बाट समेत सम्मानित भइसकेकी छन् ।

धादिङकी २२ वर्षीया एरिकालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल पोसाक तमु धीं यूकेले उपलब्ध गराउने छ । उनले प्रतियोगिताहरूमा सोही पोसाक प्रयोग गर्नुपर्नेछ ।

उपलब्ध गराइने खेल पोसाकमा प्रायोजकको लोगो राखिने स्थानमा प्रथम पक्षको लोगो अनिवार्य रूपमा राखिने, प्रतिवर्ष दुई जोर ट्रयाकसुट उपलब्ध गराउनेछ र उक्त पोसाकमा प्रथम पक्षको लोगो अनिवार्य रूपमा अंकित हुनु पर्ने, विश्व कराँते महासंघ तथा एसियन कराते महासंघद्वारा आयोजना गरिएका अधिकतम ४ आधिकारिक प्रतियोगिता तथा विश्वस्तरीय प्रतियोगिताहरू जस्तै यूएस ओपन, अस्ट्रेलियन ओपन, रसियन ओपन, थाइल्यान्ड ओपनमध्ये कुनै एक प्रतियोगितामा सहभागिता जनाउँदा लाग्ने हवाई टिकट खर्च तमु धीं युकेले ब्यहोर्ने छ । साथै, प्रत्येक प्रतियोगिताका लागि ५ सय अमेरिकी डलर उपलब्ध गराउनेलगायत सम्झौतापत्रमा उल्लेख छ ।

डब्लुकेएफ वरीयतामा नम्बर एक बनाउन तमु धीं युकेले सहयोग गरिराख्ने उपाध्यक्ष गुरुङले बताए । एरिकाले आफूले सक्दो मिहिनेत गरेर नम्बर वान वरीयतामा आईछाड्ने प्रतिबद्धता ब्यक्त गरेकीछन ।

Advertisment