पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् ।

मोदीले फेसबुकमा बालेनलाई नेपालको प्रधानमन्त्री बनेकोमा बधाई तथा शुभकामना दिएका हुन् ।
बालेनको प्रधानमन्त्री नियुक्तिले नेपाली जनताको विश्वासलाई प्रतिबिम्ब गरेको मोदीको अनुभव छ । उनले बालेनसँग सहकार्य गर्न उत्सुक रहेको समेत बताएका छन् । शुभकामना दिँदै भनेका छन्, ‘दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ उचाइमा पुर्याउन तपाईसँग सहकार्य गर्न म तयार छु ।’


