लेखनाथ/ त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरेका थिए । 
अध्यक्ष गुरुङ्गले पहिलो पटक रक्तदान गर्नेहरुलाई हौसला र सकरात्मक धारणा बनाउन सहयोग पुग्ने गरी सचेतता अभियान चलाउनु पर्नेमा जोड दिए । रक्तदाताको लगत राखी दुर्लभ रक्त समूहलाई रिजर्भमा राख्न वडाध्यक्ष गुरुङ्गले आग्रह गर्नु भयो ।
कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यष बिबेक के.सी, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष असिम पाण्डे, कलेजका सल्लाहकार छत्रधर आत्रेय, संचालक शान्ति खनाल, रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली र सहायक क्याम्पस प्रमुख सुनिदत्त बरालले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।
कार्यक्रममा नयाँ रक्तदाताका रुपमा कलेजका व्यवस्थापन विषय अर्न्तगत स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

