पोखरा, २५ असार । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन आउँदो भदौको २० र २१ गते हुने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको बिहीबार बसेको ३० औं कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाविधेशनको प्रस्ताव गरेका थिए । अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिइन ।
पोखराको निजी क्षेत्रको छाता संस्था तथा जेठो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,कोषाध्यक्ष र उपमहासचिवसहित १५ जना सदस्य चयन गर्नेछ । सदस्यमध्ये १ औद्योगिक,४ बस्तुगत र १० जना सदस्य खुलातर्फबाट निर्वाचित हुनेछन् । कार्यसमितिमा निवर्तमान अध्यक्षको स्थान अध्यक्षपछि रहने व्यवस्था छ । file- photo
पोउवा संघको ३६ औं महाधिवेशन भदौमा, नयाँ नेतृत्व चयन गर्दै
July 9, 2026
11
Advertisment




