माघ १०, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आर्थिक मामिला मन्त्रालय तोकेका छन्।
एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ । मुख्यमन्त्री अधिकैरीले आफुसंगै कास्की क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र ख बाट संगै चुनाबमा होमिएका एमालेकै वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै, मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी दिएका छन् भने माओवादीकै रेशम जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यभार सुम्पेका छन्।
राप्रपाबाट समानुपातिकबाट सांसद बनेका पञ्चराम गुरुङलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका छन् । आज सांझ नवनियुक्त मन्त्रीहरुले गण्डकी प्रदेश प्रमुख पृथीमान गुरुङबाट सपथ लिएका छन ।