ढाेरपाटनमा भेटिए अजय,कडा निगरानीमा उपचार हुंदै

काठमाडौं । सरकारले नेपाली युवतीमा कोरोना देखिएको पुष्टि गरेपछि देशभर सुरक्षा सतर्कता बढाइएको छ । सरकारले आजदेखि लक डाउन गरेर सुरक्षा रणनीति अपनाएको छ । कोरोना देखिएकी युवतीसँगै अन्य यात्रुको खोजिभएको थियो । ती नेपाली युवतीसँगै यात्रा गरेका अजय विकलाई सरकारले भेटेको हो ।
गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी कोरोना संक्रमित नेपाली युवतीसँगै आएका युवा अजय बिक गाउँमै रहेको पुष्टि भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका अजयलाई बिशेष निगरानीमा राख्न पहल थालिएको छ । बिक फ्रान्सबाट आएर एक रात काठमाडौं बसेर भोलीपल्ट गृह जिल्ला प्रस्थान गरेका थिए । अजय अहिले आफ्नै गाउँमा छन् । गाउँ आएका बिक कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबरपछि गाउँनै त्रासमय बनेको छ ।

घरमा रहेका अजयलाई पैदल यात्रामार्फत आज बुर्तिबाङ बजारमा ल्याई आइसोलेसनमा राखेर परीक्षण, उपचार लगायत अरु प्रक्रिया अघि बढाउने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए ।
फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइएपछि उनीसँगै एउटै जहाजमा आएका जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका अजयलाई पनि बिशेष निगरानीमा राख्न पहल थालिएको छ ।

संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका थिए ।

Advertisment