युथ कम्युनिटी क्लवका सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा छुट

पोखरा १ पुष ।
युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा पि आर एलमा विशेष छुट दिइने भएको छ । पोखराको हस्पिटल चोकमा रहेको पोखरा रेफरेन्स ल्याबोरेटरीमा हुने कुनैपनि किसिमको ल्याब सम्बन्धि चेकजांचमा क्लवमा आवद्ध सदस्यहरुलाई ३५ प्रतिशत छुट दिइने भएको हो ।

पोखरा रेफरेन्स ल्याबोरेटरीमका सञ्चालक सञ्जय शर्मा र युथ कम्युनिटी क्लवका व्यापार प्रवद्र्धन संयोजक शुसिला केसी विच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त कार्यको सुरुवात गरिएको हो ।
सो अवसरमा वोल्दै युथ कम्युनिटी क्लवका व्यापार प्रवद्र्धन संयोजक शुसिला केसीले युवा ब्यवशायी हरु बीच साथ सहयोग र सहकार्यका लागि भन्ने मुल नाराका साथ गठन भएको युथ कम्युनिटी क्लवले युवाहरुलाई संगठित गरी ब्यापार व्यवशायमा लाग्दै गरेको र पोखरा रेफरेन्स ल्याबोरेटरी संगको सहकार्यले युवाहरुलाई थप हौसला मिलेको वताइन । ल्याबोरेटरीमा हुने कुनैपनि परिक्षणमा क्लवमा आवद्ध सदस्यहरुले ३५ प्रतिशत छुट पाउने र आफुहरुको क्लवमा हाल ३ सय सदस्य आवद्ध रहेको वताइन ।
पोखरा रेफरेन्स ल्याबोरेटरीका संचालक सञ्जय शर्माले युथ कम्युनिटीमा आवद्ध सदस्यहरुले यो सम्झौताबाट कुनैपनि ल्याव सम्बन्धि चेक जांचमा ३५ प्रतिशत छुट पाउने वताउदै यो अवसर आगामि दुइ वर्ष सम्म लागु हुने वताए ।
ल्याबोरेटरीमा हाल रगत, दिसा, पिसाव, खकार, विर्य, मधुमेह, थाइराइड, मृगौला, कलेजो, वोसोको मात्रा, हर्मन, इन्जाइन, भिटामिन, लगायत सम्पूर्ण शरिरको तत्वहरुको परिक्षण गराउदै आइरहेको समेत सञ्चालक शर्माले वताए ।

Advertisment