खेलाडीमैत्री कानुन बनाउने तयारी – मन्त्री बिन्दु कुमार थापा

नेपाल लोकतान्त्रिक खेलकुद संघकाे रंगशालामा वृक्षरोपणमा
पोखरा, साउन ३० गते ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलाडीमैत्री कानुन बनाउने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानुन आवश्यक रहेको बताए । उनले हालसालै जापानमा भएको ओलम्पिक खेलकुदमा ५ जना खेलाडीका पछाडि २५ प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गरे । उनले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको समेत जानकारी दिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रभित्रको विकृति विसंगतिविरुद्ध लोकतान्त्रिक खेलकुद कडारुपमा प्रस्तुत हुने बताए । उनले भने खेल क्षेत्रको एकाधिकार तोडेर खेलाडीमैत्री बनाउन लाग्ने बताए ।
लोकतान्त्रिक खेलकुद संघ गण्डकी अध्यक्ष हरिश्चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, काँग्रेस क्षेत्र नम्वर १ का सभापति बृजमान गुरुङ,पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने, संघका उपाध्यक्ष विद्या मरासिनी, प्रदेशका सहसचिव हरि खनाल लगायतले बोलेका थिए ।
संघको स्थापना दिवसको अवसरमा रचनात्मक काम गरौ भन्ने योजना अनुसार रंगशालामा बृक्षारोपण गरेको गण्डकी अध्यक्ष ्र पोखरेलले वताए । रंगशालालाई हरियाली बनाउदै खेलाडीहरुलाई खेलेर छहारीमा थकाई मार्न पनि वृक्षारोपणको भूमिका अहम रहेको उनको भनाई थियो ।
पोखरा रंगशालामा भएको वृक्षरोपणमा विभिन्न जातका ७५ बिरुवा रोपिएको थियो । लोकतान्त्रिक खेलकुद संघ गण्डकीमा नयाँ नेतृत्व आइसकेपछि वृक्षरोपणसँगै जिल्लाका अध्यक्षहरुसँग अन्तक्र्रिया गरिएको थियो । नयाँ खेलाडी उत्पादनका लागि खेललाई जिल्लाजिल्लामा कसरी बिस्तार गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो । ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलाडीमैत्री कानुन बनाउने बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानुन आवश्यक रहेको बताए । उनले हालसालै जापानमा भएको ओलम्पिक खेलकुदमा ५ जना खेलाडीका पछाडि २५ प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गरे । उनले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको समेत जानकारी दिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रभित्रको विकृति विसंगतिविरुद्ध लोकतान्त्रिक खेलकुद कडारुपमा प्रस्तुत हुने बताए । उनले भने खेल क्षेत्रको एकाधिकार तोडेर खेलाडीमैत्री बनाउन लाग्ने बताए ।
लोकतान्त्रिक खेलकुद संघ गण्डकी अध्यक्ष हरिश्चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, काँग्रेस क्षेत्र नम्वर १ का सभापति बृजमान गुरुङ,पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने, संघका उपाध्यक्ष विद्या मरासिनी, प्रदेशका सहसचिव हरि खनाल लगायतले बोलेका थिए ।
संघको स्थापना दिवसको अवसरमा रचनात्मक काम गरौ भन्ने योजना अनुसार रंगशालामा बृक्षारोपण गरेको गण्डकी अध्यक्ष ्र पोखरेलले वताए । रंगशालालाई हरियाली बनाउदै खेलाडीहरुलाई खेलेर छहारीमा थकाई मार्न पनि वृक्षारोपणको भूमिका अहम रहेको उनको भनाई थियो ।
पोखरा रंगशालामा भएको वृक्षरोपणमा विभिन्न जातका ७५ बिरुवा रोपिएको थियो । लोकतान्त्रिक खेलकुद संघ गण्डकीमा नयाँ नेतृत्व आइसकेपछि वृक्षरोपणसँगै जिल्लाका अध्यक्षहरुसँग अन्तक्र्रिया गरिएको थियो । नयाँ खेलाडी उत्पादनका लागि खेललाई जिल्लाजिल्लामा कसरी बिस्तार गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।

Advertisment