भारत सरकारकाे पहिरो पिडित परिवार लाई ८ करोड सहयाेग

११ भदौ, काठमाडौं। भारतले १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार भारत सरकारको तर्फबाट मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाली ८ करोड बराबरको राहत सामाग्री नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् ।
स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामाग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण भएकाे छ ।

भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउँदै आएको छ।

Advertisment