राष्ट्रपति छान्ने कांग्रेसको बैठकमा निक्कै भावुक !

फागुन १२, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीभित्र प्रस्ताव राखेपछि सर्वसम्मत निर्णय भएको छ ।पार्टी कार्यालय ललितपुरको वीपी नगरमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले नेता पौडेलको नाम राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावलाई सर्वसम्मत गरिएको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

सभापति देउवाले वरिष्ठ नेता पौडेलको नाम राष्ट्रपति पदको उम्मेदवारमा लिएपछि बैठकमा नेताहरू निक्कै भावुक बनेका थिए । पौडेलजी हाम्रो पार्टीमा सिनियर बरिष्ठ नेता हो, संधै केही पाईन भन्नुहुन्छ बाहिर पनि त्यै हल्ला छ । त्यसैले  हामीले सर्बसम्मत उम्मेदवार बनाउं सभापति देउवाले बैठकमा गम्भिरताका साथ प्रस्ताब राखेको समाचार छ ।

पार्टीमा योगदान दिएका साथीहरुलाई ब्यवस्थापन गर्न म चिन्तित छु साथीहरुले सामाजिक सन्जालमा गरे जस्तो हल्का, फुल्का टिप्पणी र आवेगले हाम्रो जस्तो जिम्मेवार पार्टी चल्ने हैन देउवाले अगाडी थपे त्याग गरेका र संघर्षशील नेता योगदानको आधारमा ठाउं समय अनुकुल ब्यवस्थापन गर्ने हो

देउवाले आफुलाई सामाजिक सन्जाल र मिडियामा हाम्रै नेताले गरिरहेको टिप्पणीले कहिलेकांही दुखित बनाउने भएतापनि आवेगको राजनितिले पार्टी अघि बढ्न गाह्रो हुने बताउंदै अब म पनि बुढो भएं यार मेरो यो कार्यकालमा बहुदलिय ब्यवस्थालाई स्थायित्व गर्न लाग्नुपर्ने छ, मैले दिनु बाहेक देशबाट लिनु छैन सभापति देउवा थप भावुक हुदै बोलिरहंदा बैठकमा सन्सनाटा छाएको स्रोतले बतायो । त्यसपछि पुर्बमहान्त्री कृष्ण सिटौलाले आफु पनि आकांक्षी रहेतापनि सभापतिजीको प्रस्ताबमा बरिष्ठ नेतालाई अगाडी बढाएपछी आफ्नो पुर्ण साख समर्थन रहने बताएका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो जीवन समर्पण गरेको पार्टीले आफुलाई न्याय गरेकोमा आभार प्रकट गरेका थिए ।

पुर्ब उपसभापति गोपालमान श्रेष्ठले नेता सिटौला बोलिरहंदा मेरो पनि केही कुराहरु छन भन्न नपाउंदै देउवाले भयो यार अब बैठक सकौं निर्णय त्यै भो भन्नासाथ एकमतले ताली बजाएर बैठक उठेको थियो ।

Advertisment