सरकारका निर्णय राष्ट्रहितका पक्षमा भएको कांग्रेस प्रवक्ताको भनाई

भुपाल गुरुङ,
पोखरा १२ माघ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले गरेका निर्णयहरु राष्ट्र र जनताको पक्षमा रहेको बताउनुभएको छ ।
पोखरामा पत्रकारहरु संग कुराकानी गर्दै प्रवक्ता शार्मले वृद्धाभक्त, भुकम्प पिडितलाई सहयता वृद्धि लगायतका सरकारका सम्पुर्ण निर्णय राष्ट्र र जनताको हितमा रहेको जिकिर गर्नुभएको हो । नेता शर्माले २०५१ सालमा नेकपा एमाले नेतृत्व सरकारले ७५ वर्ष पुगेकालाई वृद्धाभक्त दिने निर्णय गरेपनि त्यसलाई परिमार्जन गर्दै कांग्रेस नेतृत्वको सरकारले ७० वर्ष सम्म झारेको स्मारण गराउनुभयो ।

उहाँले नेपाली कांग्रेस देशमा पुँजीगत लाभकरको थालानी गर्ने पार्टी रहेको भन्दै देशको ढकुरी रित्याउन हैन बढाउन सदैव लाग्ने समेत बताउनुभयो । नेता शर्माले प्रधानमन्त्रीले चुनाव लगत्तै राजीनामा नदिएर देशलाई मार्ग प्रशस्त गर्ने बाटोमा अग्रसर रहेको समेत बताउनुभयो । कांग्रेस कानुनी क्षेत्रलाई हेरेर सरकार टिकाउने खेलमा लागेको प्रतिपक्षी बुझाइ गलत भएको भन्दै संवैधानिक रुपमा सरकारको आयु लम्बिएको उहाँको ठहर थियो ।
उहाँले राष्ट्रिय सभाको चुनाव लगत्तै नयाँ सरकार बन्ने समेत बताउनुभयो । नेपाली कांग्रेस नेतृत्वले तिन तहको चुनाव सफल पुर्वक सपम्न गरेर संविधान कार्यन्वयन गरेको समेत जिकिर गर्नुभयो । नेता शर्माले पार्टी भित्र रुपान्तरणको शुरुवात भएको भन्दै यसमा पार्टी नेतृत्व लागेको समेत बताउनुभयो ।

Advertisment