युनाईटेड खबर, पोखरा । मुद्रण उद्योग संघ कास्कीको आयोजनामा विभिन्न चाडपर्वका अवसरमा भव्य शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भयो।
पोखराको बास्तोलाथरमा शनिबार आयोजित दशैं, तिहार, छठ पर्व, नेपाल संवत् लगायतका चाडपर्व विशेष शुभकामना आदान–प्रदान एवं सम्मान कार्यक्रममा मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष दिनेशचन्द्र बास्तोला र द्वितीय उपाध्यक्ष पदम श्रेष्ठलाई बधाई तथा सम्मान पत्रसहित सम्मानित गरियो।
बास्तोला हालै सम्पन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा र श्रेष्ठ लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। बास्तोला ’दि मोर्डन अफसेट प्रेस’ र श्रेष्ठ ’ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस’ का सञ्चालकसमेत हुनुहुन्छ।
संघका अध्यक्ष दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमयले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।




