दशैंको बेला मोटरसाइकल चोरी गर्ने दुई जना प्रहरी खोरमा

पोखरा । पोखराको सीतापाइलाबाट मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।  

गएराति (३० गते) पोखरा महानगरपालिका वडा नं. १६ सीतापाइलास्थितबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको सूचना पाएलगत्तै खोजतलास सुरु गरेको प्रहरीले चोरी भएको १ घण्टामै दुवै जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो।  

राति करिब २२:०० बजे मोटरसाइकल हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीहरू खोजतलासमा खटिएका थिए। सोही क्रममा प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले राति २३:०० बजे पोखरा-१७ सिमलटुडाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिहरू:  

 सागर गुरुङ (वर्ष ३१, हाल: पोखरा म.न.पा. वडा नं. ७ मासबार) – मोटरसाइकल चालक

 किरण ठकुरी (वर्ष २५, स्थायी: लमजुङ बेसीसहर न.पा. वडा नं. ७ मिलनचोक / हाल: पोखरा म.न.पा. वडा नं. ९ पृथ्वीचोक) – मोटरसाइकल पछाडि सवार

चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ। File : Photo 

Advertisment