प्रदेश ४ प्रदेशसभाको पहिलो बैठक आव्हान, पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको प्रक्रिया सुरू हुने

पोखरा १४ माघ ।

प्रदेश नम्बर ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ गते बस्ने भएको छ । उक्त मितिमा बैठक बस्ने प्रदेश कार्यालयले २२ गते ११ बजेलाई बैठक आहृवान गर्न सूचना प्रकासन गरेको छ।
प्रदेश प्रमुखका सचिव देवीप्रसाद ज्ञवालीले आइतबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरी बैठक आव्हन गरेका हुन्। ज्येष्ठ सदस्य अर्थात अस्थायी सभामुख जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक हुनेछ।
पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभा बैठकस्थल र प्रदेशसभाको सचिवालय तोकिएको छ। प्रदेश ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक पद्धतिबाट गरी ६० जना प्रदेश सांसद छन्।

निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो वैठक डाक्नुपर्ने व्यवस्था छ। पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको प्रक्रिया सुरू हुनेछ।

Advertisment