नेपाल प्रेस युनियन कास्कीका निवर्तमान उपाध्यक्ष सापकोटालाई मातृशोक

पोखरा, साउन ९ । नेपाल प्रेस युनियन कास्कीका निवर्तमान उपाध्यक्ष प्रकाशचन्द्र सापकोटालाई मातृशोक परेको छ। उहाँकी ममतामयी आमा हरिकला सापकोटाको ७८ वर्षको उमेरमा शुक्रबार पोखरा महानगरपालिका–२५, हेमजास्थित आफ्नै निवासमा निधन भएको हो।

लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित हुनुभएकी सापकोटाको निधनप्रति नेपाल प्रेस युनियन कास्की परिवारले गहिरो दुःख व्यक्त गरेको छ। स्वर्गीय सापकोटाका १ छोरा र ३ छोरी हुनुहुन्छ।

उहाँको पार्थिव शरीर शनिबार पोखरास्थित सेती र मर्दी नदीको दोभान, दोबिल्लाघाटमा अन्त्येष्टि गरिएको छ।

यसैबीच, नेपाल प्रेस युनियन कास्की शाखाका सचिव धनबहादुर गुरुङद्वारा जारी शोक विज्ञप्तिमा स्वर्गीय सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।

Advertisment