सिधिङका समाजसेवी जित बहादुर तामाङकी धर्मपत्नी मिसिरी तामाङको निधन

युनाईटेड खबर, माछापुच्छ्रे (कास्की) । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ (साबिक ल्वाङघलेल गाउँ विकास समिति) सिधिङ निवासी समाजसेवी तथा बुद्धिजीवी जित बहादुर तामाङकी धर्मपत्नी मिसिरी तामाङको ७२ बर्षको उमेरमा असामयिक निधन भएको छ।
सरस्वती आधारभूत विद्यालय, सिधिङका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जित बहादुर तामाङकी सहधर्मिणी मिसिरी तामाङको निधनले सिधिङ गाउँ र समग्र माछापुच्छ्रे क्षेत्र नै शोकमग्न बनेको छ।
परिवारमा गहिरो शोक: सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक शान्ति तामाङ सहित ६ जना सन्तानकी माता स्वर्गीय तामाङका छोराहरु शिक्षक मोहनसिंह तामाङ, कांग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी नेत्र बहादुर तामाङ, सिधिङ युनाइटेड युवा क्लबका सक्रिय सदस्य वीरमान तामाङ र कमल तामाङ तथा अर्की छोरी रत्न कुमारी तामाङ रहेका छन्।
सन्तानको सुख र उज्ज्वल भविष्यका लागि जीवनभर संघर्ष गर्ने एक प्रेरणादायी आमाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको परिवारले जानकारी दिएको छ। यसैबिच मृतक तमाडको आईतबार बौद्द परम्परा अनुसार आईतबार पोखराको सुखवती गुम्बाको घाटमा अन्त्यष्टी गरिएको छ । अन्त्यष्टी नेपाली कांग्रेसका बिभिन्न तहका नेता, कार्यकर्ता, जनप्रतिनिधी, शिक्षक तथा स्थानियको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

श्रद्धाञ्जली तथा समवेदना: यसैबिच वडाध्यक्ष एबं नेपाली कांग्रेस माछापुच्छ्रे गापा वडा सभापति राजेन्द्र क्षेत्रीले एक शोक बिज्ञप्ति जारी गर्दै यस असीम पीडाको घडीमा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ-संस्था, शिक्षक, युवा तथा शुभेच्छुकले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको जानकारी दिएकाछन।
सभापति क्षेत्रीले भगवानसँग दिवंगत आत्माको चिरशान्ति र बैकुण्ठवासको कामना गर्दै शोकसन्तप्त परिवारलाई यो बज्रपात सहन सक्ने धैर्य र साहस प्राप्त होस् भनी प्रार्थना गरेका छन्।

Advertisment