ओलीको बोलीले झस्किए, प्रचण्ड, आखिर के भने ओलीले प्रचण्डलाई त्यस्तो ?

काठमाडौँ २२ माघ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सरकार गठनपछि मात्रै हुने स्पष्ट पारेका छन् । शुक्रबार बेलुकी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ताका क्रममा ओलीले पार्टी एकता सरकार गठनअघि नहुने कुरा प्रष्टसँग राखेका छन् । यससँगै माओवादी अध्यक्ष प्रचण्ड ओलीसँग झस्किएका छन् ।

माओवादी केन्द्रले पटक(पटक सरकार गठनअघि पार्टी एकता वा नभए एकता खाका बनाइनुपर्ने अडान राख्दै आएको छ । तर एमाले अध्यक्ष ओलीले सरकार गठनअघि त्यसबारेको कुनै पनि प्रकिया अगाडि नबढ्ने बताएका छन् ।

ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग नेपालमा वाम गठबन्धनले सरकार बनाउने कुरा प्रष्ट पारेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको समेत प्रचण्डसमक्ष बताएका छन् ।

त्यस्तै ओलीले विदेशमन्त्री स्वराजमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चाँडै शिखर वार्ता गर्ने गरी समय मिलाउन मोदीलाइ सन्देश पठाएको प्रचण्डलाइ जानकारी गराएका छन् ।

‘मोदीजीसँग वार्ताका लागि समय मिलाउन मैले स्वराजजीमार्फत खबर पठाएको छु, सायद सरकार गठन अघि नै वार्ता हुन सक्छ’ ओलीले भनेका छन्, ‘मोदीसँगको वार्ताअघि अब एकता प्रकिया टुंगोमा पुग्दैन ।’

प्रचण्डले भने पार्टी एकताको प्रक्रियालाइ ढिलाइ गर्न नहुने धारणा राखेका छन् । एकता प्रकिया ढिला हुँदा आम जनमानस र कार्यकर्तामा आशंका उब्जाएकोले अब त्यसलाइ चाँडै निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । प्रचण्डले यसअघिदेखि नै बताउँदै आए जसरी नै एकता नभएको खण्डमा जनमतको अपमान हुने विषय दोहोर्याएका छन् ।

ओली-प्रचण्डबीच अब चाँडै एकता संयोजन समितिको बैठक बोलाइ बाँकी विषयहरू टुंग्याउने सहमति समेत भएको छ ।

Advertisment