७ बुँदे सहमति पछि पोखरा नगर बस बन्द खुल्यो, ढकाललाई श्रद्धाञ्जली दिन काग्रेस महामन्त्री पोखरामा

भुपाल गुरुङ,
पोखरा २४ माघ ।

नगर बसको ठक्करबाट विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि घोषित पोखरा नगर बस बन्द फिर्ता भएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको रोहबरमा बसेको सयुक्त विद्यार्थी आन्दोलन समिति, पिडित परिवार र नगर बस व्यवसाय समिति बिच ७ बुँदे सहमति भएपछि बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । बन्द फिर्ता संग पोखरामा नगर बस संचालनमा आएको छ । मंगलबार बेलुका पृथ्वी नारायण क्याम्पसमा अध्ययरत विद्यार्थी ढकालको मृत्यु पश्चात बढेको तनाव यो संगै साम्य भएको छ । आन्दोलरत पक्ष र बस व्यवसायी समिति बिच भएको सहमति अनुसार चालकलाई ज्यान मुद्धा दर्ता गरि कडा कारवाहि गरिने, मृतकका परिवारलाई उचित क्षतिपुर्ति दिने, रातको समयमा पनि विद्यार्थी परिचय पत्रको आधारमा छुटको व्यवस्था गर्ने, सम्पुर्ण घाइतेहरुको उपचार बस व्यवसाय समितिले गरिदिने लगायतको सहमति भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए ।
सहमति पश्चात मृतक ढकालको शव पोष्ट मार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लागिएको छ । पोष्टमार्टम पछि ढकालको आजै नै पोखरा रामघाटमा अन्त्येष्टी गरिने नेविसंघ कास्कीले जनाएको छ । नेविसंघ पिएन स्याङजा सम्पर्क समितिका सभापति समेत रहेका ढकालको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसका महामन्त्री शांसका कोइराला, कानुनमन्त्री यज्ञ बहादुर थापा, लगायत नेविसंघका केन्द्री नेताहरु पोखरा आइसकेका छन् ।

Advertisment