द्धन्द्ध निर्देशक राजेन्द्र खड्की प्रहरी बाट पक्राउ

काठमाडौं, २६ माघ ।
कलाकारको नाममा दक्षिण कोरिया पठाई मानव ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै द्धन्द्ध निर्देशक राजेन्द्र खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२० बस्ने चलचित्र द्वन्द्व निर्देशक ५७ वर्षीय खड्गीलाई काठमाडौं ठमेलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।
खड्गीले दक्षिण कोरियामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा विभिन्न व्यक्तिहरुलाई पठाई मानव ओसारपसार गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
खड्की विरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisment