प्रदेश ४ मा थप दुई मन्त्रीबाट सपथ

भुपाल गुरुङ,
पोखरा ४ फागुन ।
प्रदेश नम्बर ४ मा थप दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन । शुक्रबार साँझ माओवादीका केन्द्रका हरि बहादुर चुमानले आन्तारिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेख बहादुर थापाले कृषि तथा सहकारी मन्त्रीको सपथ लिएका हुन् ।
दुवै सांसदको नाम मन्त्री हुनेमा चर्चामा रहे पनि पार्टी बाट निर्णय नहुदाँ शुक्रबार विहान मुख्यमन्त्री संगै सपथ लिन पाएका थिएनन् । तर शुक्रबार साँझ पार्टीले मन्त्रीमा सिफारिस गरे पछि प्रदेश प्रमुख बाबुराम कुवाँरले चुमान र थापालाई सपथ खुवाएका थिए ।
प्रदेश सरकारमा आन्तारिक तथा मामिला मन्त्रालय अन्र्तगत गृहप्रशासन पर्ने भएकाले चुमान प्रदेश ४ का गृहमन्त्री भएका छन् । तनाहुँका चुमान नेकपा माओवादी केन्द्र प्रदेश ४ संसदीय दलका नेता हुन भने थापा माओवादी केन्द्र गोरखाका अध्यक्ष हुन् । यो संगै प्रदेश ४ मा ४ सदस्यीय मन्त्री मण्डल भएको छ ।

Advertisment