प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित

 

भुपाल गुरुङ,
पोखरा ६ फागुन ।

प्रदेश नम्बर ५ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भएकी छन् । आइतबार भएको निर्वाचनमा ३८ मत ल्याएर शर्मा उपसभामुखमा विजयी भएकी हुन् । उनलाई माओवादी केन्द्रले समर्थन गरेको हो ।

पोखरामा भएको उपसभामुखको निर्वाचनमा शर्माको विपक्षमा नेपाली कांग्रेसका मनकुमारी गुरुङ र जनमोर्चाका पियारी गुरुङले उम्मदवारी दर्ता गरेकी थिइन । उपसभामुख पदका लागि तिन जनाको उम्मेदारी परेपछि गरिएको मत विभाजनमा शर्माको पक्षमा बहुमत प्राप्त गरि निर्वाचित भएकी हुन् । निर्वाचित शर्माको विपक्षमा हुन्न भन्ने पक्षमा नेपाली कांग्रेस १५ र राष्ट्रिय जनमोर्चाका ३ गरि १८ सांसदले मतदान गरेका थिए । कुल ५९ सांसद मध्ये ५६ जना सांसद उपस्थित बैठकमा नयाँ शक्ती नेपालका दुई सांसद भने अनुपस्थित रहे ।

उपसभामुख शर्माले आइतबार नै सभामुख नेत्रनाथ अधिकारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन । आइतबारको संसद बैठकमा नेकपा एमालेका सांसद कृष्ण थापा, कांग्रेसका मणिभद्र शर्मा र माओवादी केन्द्रका रामजी बरालले बोलेका थिए ।

Advertisment