रञ्जु दर्शनालाई प्रहरीले किन पक्राउ ग¥यो ? कारण यस्तो

काठमाडौं, ७ फागुन ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता किर्ते भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शनमा उत्रिएका विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनासहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालतका प्रधान्यायाधीश पराजुलीका बारेमा जथाभावी बोलेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अदालतको मानहानी गरेको आरोपमा मुद्दा खेपेका डा. गोविन्द केसीले सर्वोच्चमा जवाफ दिएपछि डा। केसी र उहाँका समर्थक प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गर्न जाँदा प्रधानन्याधीश विरुद्ध जथाभावी बोलेको भन्दै प्रहरीले रञ्जुसहित १४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर करिव १ घण्टा सिंहदरवार वृतमा राखेर छाडेको विवेकशील साझा पार्टीकी जनसम्पर्क अधिकृत सीता प्याकुरेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

Advertisment