विप्लव माओवादीको बम हान्ने चेतावनी पछि सलमान खानको नेपाल भ्रमण स्थगित, अब के होला ?

 

काठमाडौं, १८ फागुन।
बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमान खानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भए पछि आयोजकले प्रचारप्रसारमा ठुलो रकम खर्च गरेको थियो । तर कार्यक्रम नै स्थागित भएपछि त्यो खर्च कसरी पुर्ति गर्ने भन्ने चिन्ता आयोजकलाई बढ्न थालेको छ । कार्यक्रमका लागि ठुलो रकमको टिकट समेत विक्रि गरिसकेको छ । अब कार्यक्रमबाट के गर्ने भनेर आयोजकले निर्णय लिइसकेको छैन । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गदर्ैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

Advertisment