प्रदेश ४ मा प्रदेश राजधानी र नामाङकन सम्बन्धी संसदीय समिति गठन, मुख्यमन्त्री, मन्त्री लगायतका परिश्रामिक र सेवासुविधा विधेयक पेश

 

भुपाल गुरुङ,
पोखरा १२ चैत्त ।

प्रदेश नम्बर ४ को राजधानी र नामाङकन विषयले संसदमा ठाँउ पाएको छ । सोमबार पोखरामा बसेको प्रदेश संसदको १२ औँ बैठकले प्रदेशको राजधानी र नामाङकन सम्बन्धि विशेष समिति गठन संगै प्रवेश पाएको हो । बैठकमा एमालेका सांसद मायानाथ अधिकारीले प्रदेशको नामाङकन र राजधानी सम्बन्धि विशेष समितिको प्रस्ताव पेश गर्नुभएको थियो भने कांग्रेसका सांसद मणिभद्र शर्माले समर्थन गर्नुभएको थियो ।

गठित समितिमा धनञ्जय दवाडी, मिन प्रसाद गुरुङ, दिपक कोइराला, कृष्ण थापा, विन्दुकुमार थापा, भगवत प्रकाश मल्ला, चन्द्र बहादुर बुढा, हरिशरण आचार्य र प्रदेश सभाका सचिव पदेन रहने बताएको छ । साथै बैठकले गठित समितिलाई ३० दिनको कार्यअवाधि समेत तोकेको छ ।
बैठकमा प्रदेश मुख्यमन्त्री, मन्त्री, पदाधिकारी तथा सांसदहरुको सेवा सुविधा सम्बन्धि विधेयक संसदमा पेश भएको छ । प्रदेश सरकारको तर्फबाट आन्तारिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले पेश गर्नुभएको विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार तोकेको छ । यो संगै मुख्यमन्त्रीले १ सचिव, १ स्वकिय सचिव र २ जना कार्यालय सहयोगी पाउनेछन भने मन्त्रीहरुले स्वकीय सचिव र कार्यालय सचिवका रुपमा २ जना सहयोगी सुविधा पाउनेछन । चुमानले पेश गर्नुभएको प्रस्तावमा मुख्यमन्त्रीले दैनिक भत्ता स्वारुप ३ हजार र मन्त्रीहरुले २५ सय भत्ता पाउने व्यवस्था गरेको छ । सो विधेयक बारे मंगलबार बस्ने प्रदेश बैठकमा दफावर छलफल हुने छ ।

बैठकले विषयगत समितिहरुमा सदस्य थप समेत गरेको छ । यस अघि बनेका विधयन समितिमा धनञ्जय दवाडी, सावित्रा राना, मन बहादुर गुरुङ र सर्वाजानिक लेखा समितिमा राजिव पहारी, प्रभा कोइराला, महेन्द्र बहादुर थकाली र प्रदेश मामिला समितिमा रेशम बहादुर गाहा थापा, मिना गुरुङ, जुनादेवी नेपाली, इन्द्रधारा विष्ट, लक्ष्मी सुनार र अर्थ तथा विकास समितिमा इन्द्र बहादुर सापकोटा, मिन प्रसाद गुरुङ, पुष्पा केसि भण्डारीलाई थप गरिएको छ । संसद बैठक अब मंगलबार दिउसो १ बजे बस्नेछ ।

Advertisment